हुन्छ वा हुँदैन र सर्छ या सारिन्छ भन्ने कौतुहलता र अड्कलबाजीको कालो बादललाई चिर्दै सर्वत्र चर्चा र सबैले चासोका साथ हेरेका नेपाली कॉंग्रेसको महासमितिको बैठक अन्ततः २८ मङ्सिर २०७५ बाट सुरु भएको छ। दोहोर्याई दोहोर्याई पढौँ पढौँ लाग्ने मिठास र भाबुक शब्दका ओझले भरिएको “गौरवमय इतिहास, जिम्मेवार वर्तमान र उज्यालो भविष्य” लाई ईकिंत गर्ने मूल नारा बोकेर हुन लागेको यस महासमितिको बैठकले के कस्तो निष्कर्ष निकाल्छ, त्यसको आधारमा नै नेपाली कॉंग्रेस अबको बाटो निर्धारण गर्नेछ। नेपालमा २००७ साल देखि आजसम्म भएको हरेक राजनीतिक परिवर्तनको संवाहक र मुलुकले ब्यहोरी रहेको कयौँ कठिक राजनीतिक मोडबाट देशलाई निकास दिई ती आन्दोलनहरूबाट प्राप्त उपलब्धिहरूलाई संस्थागत गरी त्यसलाई कार्यान्वयनको चरणमा पुर्याउन नेपाली कॉंग्रेस पार्टी र यसका आदरणीय नेताहरूले निर्वाह गर्नु भएको भूमिकालाई यहॉं पुन: एक पटक स्मरण गर्न श्रेय कर ठानेँ।
हिजोबाट चालु यो महासमितिको बैठकबाट नेपाली कॉंग्रेसले आफू भित्र मौलाएको नेता र व्यक्ति पिच्छे गुट, उपगुट केन्द्र देखि तल्लो गॉंउ र वडा स्तरसम्म फैल्याएको जरा र त्यसबाट उत्पन्न समस्या र परिस्थितिलाई शुष्म अध्ययन गरी यसबाट नेपाली कॉंग्रेस पार्टीलाई उन्मुक्ति दिनका लागि कागजमा मात्र होइन व्यवहारमा नै एकता, भातृत्वप्रेम, अनुशासन, आत्मसम्मान, सद्भाव र सबैको सहभागिताका लागि ठोस कदम चालिएन भने यसको दूरगामी असर चिरकाल सम्म पर्नेछ भन्नेमा मेरो जोड छ।
नेपाली कॉंग्रेस पार्टीको स्थापनाको केही ध्येय र उदेश्यहरू छन्, त्यसलाई पुरा गर्न सबभन्दा पहिले पार्टी भित्र एकताको आवश्यकता पर्दछ। हामी भित्रै केही विषयमा देखिएका असहमति र हाम्रा बिचमा रहेका अस्वाभाविक तिक्तताबाट सिङ्गो नेपाली कॉंग्रेस पार्टीलाई निकास दिई देशलाई आर्थिक विकास र समृद्धिको बाटोमा हिँडाउन यो बैठक कोशेढुंगा साबित होस् भन्ने कामना गर्दछु, साथै महासमितिको चालु यस बैठक मार्फत आदरणीय महासमिति सदस्यज्यूहरू र नेपाली कॉंग्रेसका आम कार्यकर्ताहरूमा पुग्ने गरी माथि उल्लिखित “गौरवमय इतिहास, जिम्मेवार वर्तमान र उज्यालो भविष्य” शिर्षकका विषयमा मैले मेरो धारणा राख्ने जमर्को गरेको छु।
गौरवमय इतिहास:
आदरणीय महासमिति सदस्यज्यूहरू,
राष्ट्र, राष्ट्रियता,र लोकतान्त्रिक समाजवाद सिद्धान्त र बिचारका प्रतिपादक, समकालीन विश्व राजनीतिका ज्ञाता, परिवर्तन र विकासका जननी, सहमति र मेलमिलापमा अटल विश्वास राख्ने जिम्मेवार राजनेता र क्रान्ति नायक श्री विश्वेश्वर प्रसाद कोइरालाको नेतृत्वमा स्थापना भएको सुनौला अक्षरहरूले इतिहास लेखिएको पार्टी हो नेपाली कॉंग्रेस।
अॉंट, साहस र त्यागका खानी लौहपुरूष श्री गणेशमान सिंह, इमान र आर्थिक पारदर्शिताका पथ प्रदर्शक श्री सुवर्ण समशेर राणा, कर्मयोगी राजनीतिज्ञ, कूटनीतिक चातुर्यता र असीम अडानका प्रतिमूर्ति आदर्श पुरुष श्री कृष्ण प्रसाद भट्टराई, क्रान्तिकारी जोशजॉंगर, छिटो छरितो निर्णयको क्षमता, अबिचलित, असीम अॉंट र शाहसका धनी युगपुरूष श्री गिरिजा प्रसाद कोइराला, सादा जीवनशैली र सरलताका मार्गदर्शक, नेपालको सङ्घीय गणतान्त्रिक संविधान २०७२ का पिता श्री सुशील कोइराला जस्ता महापुरुषहरूको रगत, पसिना, बिचार र भावनाले दीक्षित पार्टी हो नेपाली कॉंग्रेस।
वीर सहिदहरू राम, लक्ष्मण, रामेश्वर, कुशेश्वर जस्ता हजारौँ हजार सपुतहरूको जन्म भएको र उहॉंहरूको त्याग र बलिदानले भरिएको र गौरवमय इतिहास बोकेको पार्टी हो नेपाली कॉंग्रेस मौलिक हक, मानव अधिकार, प्रेस स्वतन्त्रता र सामाजिक न्यायका निम्ति हॉंसि हॉंसि आफ्नो अमूल्य जीवनको आहुति दिने ती वीर सपुतहरूको रगतले सिंचित रक्तरंजित चार तारे झन्डा सधैँ फरफराउने पार्टी हो नेपाली कॉंग्रेस।
नेपाली कॉंग्रेसले २००७ साल देखि हालसम्म नेपालमा राजनीतिक परिवर्तनका लागि भएका सबै आन्दोलनको नेतृत्व गरेको छ, यसको अलवा लोकतान्त्रिक समाजवादलाई आफ्नो स्थापनाकाल देखिकै एक मूलभूत अंश र आदर्श मान्दै आएको छ। नेपालको संविधान २०७२ ले समाजवादको आधारशिला तयार गर्दै नेपाललाई बिकासलाई अघि बढाउने लक्ष्य लिएको र सोही अनुरूपको शासकीय स्वरूपलाई देशले संब्धानमा नै अक्षुण राखी अवलम्बन गरेको विषयलाई हामीले नेपाली कॉंग्रेस स्थापनाको एक ध्येयको प्राप्त र हॉंसिल गरेको उपलब्धिका रूपमा लिनु सक्नु पर्दछ।
जिम्मेवार वर्तमान:
आदरणीय महासमिति सदस्यज्यूहरू,
माथि उल्लिखित आदर्श व्यक्तित्वहरूको गौरवमय इतिहासबाट सुस्वभित पार्टीका कार्यकर्ताहरूको नाताले हामीले जस्तोसुकै कठिन र प्रतिकुल समयमा पनि देशलाई शिरमा राखी अगाडी बढ्न सक्नु पर्दछ। अरू गैह्र जिम्मेवार भए र बहकाउमा लागे भन्दैमा हामीले हाम्रा सिद्धान्त र बिचारलाई लत्तो छोड्नु हुँदैन, हामी अरू भन्दा धेरै जिम्मेवार छौ, किनकि यो अहिले नेपालले प्राप्त गरेको राजनीतिक उपलब्धिको हिस्सेदार हामी हौ।
नेपाली कॉंग्रेसको संयमता र धैर्यताले गर्दा नै देशले यो राजनीतिक बाटोको यात्रा सुरु गरेको हो, तर हामी हिमश्रृखलामा कस्तुरीले आफ्नो नाभीबाट निस्केको बास्नालाई खोज्दै हिँडे जस्तो गरी अलमलिएको आभास सर्वत्र गरिएको छ। वर्तमान परिवेशमा हामी द्धिभ्रमित भई आत्तिनु वा हतोत्साही हुनुपर्ने कुनै कारण छैन। नेपाली कॉंग्रेसले यो बहुचर्चित र बहुआयामिक यस महासमिति बैठकबाट केन्द्र देखि वडा सम्मको सङ्गठनलाई अनुशासन सहित चलायमान राख्न ठोस कदम चाल्न सक्नु पर्दछ, यसका निम्ति हामीले कुनै नेताको गुट र छॉंयामा भन्दा पनि हाम्रो बिचार र आदर्शलाई आत्मासाथ गरी अगाडी बढ्नु पर्दछ।
हाम्रा नारा सधैँ असल छन्, गएको प्रदेश सभा र संधिय संसद्को निर्वाचनका समयमा पनि कम उच्चारण गर्दा नै छात्ति फुल्ने थिएनन् नारा “सबै अट्ने देश, सबै जोड्ने कॉंग्रेस” तर हाम्रो विडम्बना कॉंग्रेस कसैसङ हारेन, हार्यो त को सँग ? आफैसङ हार्यो। तल्लो तह देखि केन्द्रीय तह सम्मका हामी सबैले हिजो जानेर वा अन्जानमा भएका गल्ती र कमजोरीहरूलाई महसुस गर्नै पर्छ, आदर्श, बिचार र सिद्धान्त भन्दा हामी कोहिपनि माथि छैनौ भन्ने भावनाको विकास सबैमा भित्रै देखि हुँदा मात्र हामी पार्टी, समाज र देशका प्रति इमानदार र जिम्मेवार हुन्छौ।
नेपाली कॉंग्रेस पार्टी र देशको सुन्दरताका खातिर पवित्र मनले गरिने राजनीति वा समाजसेवालाई व्यवस्थित, मर्यादित, उत्तरदायी र पारदर्शिक बनाउन बन्दसत्रमा बन्द कोठा भित्र विराट मनले छात्तिमा हात राखी अब आईन्दा म मेरो बिचार र सिद्धान्त विपरीत कुनै पनि काम गर्दिन भनी बॉंचा गर्न सक्नु पर्दछ, यसमा नै हामी सबैको जित र भलो हुनेछ। व्यवहारमा उतार्न नसकिने आदर्श खोक्रा मात्र हुन्छन् त्यसैले कॉंग्रेसजनको उन्नतिका निम्ति मात्र पनि एउटा गतिलो प्रतिबद्धताको खॉंचो खट्किएको छ।
उज्यालो भविष्य:
हाम्रा व्यवहार र आरचरण नै हाम्रो भविष्य हो भन्ने तर्फ बेलैमा सचेत र त्यसतर्फ हेक्का राख्दा भोलि हुने कुनै पनि दुर्घटनाबाट आफू जोगिन र अरूहरूलाई जोगाउन सकिन्छ।
कागतीको बिरुवा रोपेर स्याउ फल्दैन भन्ने प्रचलित नेपाली उखानको चरित्रलाई मनन गरौँ। आज हामीले हाम्रो सन्ततिको उज्यालो भविष्यको निम्ति कुनै न कुनै जोखिम उठाउनै पर्दछ। हामीले हाम्रो दस्ताबेजहरूमा नेपालको आर्थिक विकास र समृद्धिको सवालमा थुप्रै मुद्दाहरू उठाएका छौ र समावेश गरेका पनि छौ। मेरो व्यक्तिगत बिचारमा हामीले हाम्रो विकासको गतिलाई अगाडी लैजान सक्ने आधारहरू तयार गर्न निम्न तल उल्लिखित विषयमा जोड दिन सक्नु पर्दछ जस्तो लाग्दछ।
- वैज्ञानिक प्रणालीमा आधारित अर्गानिक कृर्षि उपजको उत्पादन र निर्यातमा जोड।
- प्राकृतिक जडीबुटीको संरक्षण र त्यसबाट विभिन्न किसिमको औषधीहरूको उत्पादन र निर्यातमा जोड।
- वैज्ञानिक तथा व्यावसायिक पशुपालनमा जोड
- धार्मिक तथा पर्यटकीय क्षेत्र तथा साथहरूको संरक्षण र यसमा आन्तरिक तथा बाह्यय पर्यटकलाई आकर्षित गर्ने कार्यक्रमहरूमा जोड
- जल संम्पदाको भरपुर उपयोगमा जोड
- हिम श्रृखलाको संरक्षण र विश्वभरबाट पर्यटकलाई आकर्षित गर्ने कार्यक्रमहरू बनाउनमा जोड
- हाम्रा हस्तकलाई र यसबाट उत्पादन सामानको निर्यातमा जोड
लगायत अन्य आन्तरिक खपत र निर्यात गर्न सकिने, आफ्नो सिप र थोरै आर्थिक पुँजीमा उत्पादन गर्न सकिने उत्पादन प्रणालीको विकासमा जोड दिन सक्दा हाम्रो रोजगारीको सङ्ख्याको वृद्धिदर बढ्नेछ साथै रोजगारीको वृद्धिदरमा हुने वृद्धिले मानिसको क्रय शक्तिको क्षमतामा वृद्धि हुनेछ। जति क्रय शक्तिको विकास भयो उतिनै राजश्व सङ्कलन हुनेछ र देशले छिटो गतिमा आर्थिक विकासमा फड्को मार्न सक्दछ।
अन्तमा, नेपाली कॉंग्रेसले समय सापेक्ष श्री विश्वेश्वर प्रसाद कोईरालाद्धारा प्रतिपादित आफ्नो लोकतान्त्रिक समाजवाद उन्खुख सिद्धान्त र बिचारको व्याख्या गर्न सक्नु पर्दछ। आज संसारका शक्तिशाली देश समाजवादकै आधारबाट विकासको चरमगतिको पुगेको ज्वलन्त उदाहरणहरू हाम्रो सामु छ। त्यसैले, नेपाली कॉंग्रेसलाई भिजन भएको भन्दा पनि जननायक श्री विश्वेश्वर प्रसाद कोइरालाले परिकल्पना गर्नु भएको लोकतान्त्रिक समाजवादको भारीलाई बोकेर टुंगोमा पुर्याउन सक्ने अटल विश्वास, दरिलो अॉंट, परिपक्व सोचाई र जोसिलो जॉंगरले परिपूर्ण भरियाको पर्खाइमा नेपाली कॉंग्रेस रहेको निवेदन गर्दछु।
(अमेरिकावासी लेखक भण्डारी नेपाली कॉंग्रेसका महासमिति सदस्य हुन् )