सन् २०११ कि मिस नेपाल मलिना जोशी अमेरिकाको टेक्सस राज्यमा हुने छैठौं मिस नेपाल-यूएस २०१८ कि आधिकारिक प्रशिक्षकमा नियुक्त भएकी छिन्।
टेक्ससको ड्यालसमा आगामी अगस्ट १९ ,२०१८ आइतबार हुने उक्त कार्यक्रमको लागि मलिनालाई छनोट गरिएको आयोजकले जानकारी दिएका छन् ।
सन् २०१४ मा पनि मिस नेपाल यूएस को आधिकारिक प्रशिक्षक बनिसकेकी मलिनालाई दोस्रो पटक पुन:आयोजक संस्थाले नियुक्त गरेको हो।
मलिना एसियन पेन्ट्स कि ब्रान्ड इन्डोरसर ,डिस होम कि ब्रान्ड सद्भावनादूत, मिस भुटान युएसए कि आधिकारिक कोरियोग्राफी, मिस नेपाल क्यालिफोर्नियाकी आधिकारिक कोरियोग्राफी, विश्व बन्यजन्तु नेपालकी पूर्व युवा संरक्षणलगायतमा उनले काम गरिसकेकी छिन् ।
मिस नेपाल यूएस २०१८ को बिजेतालाई ५ हजार अमेरिकी डलरको अध्ययन छात्रवृत्ति पाउनेछिन्।
साथै प्रतियोगिताको लागि नेपाली मूलका १८ देखि २९ वर्षका युवतीले भागलिन पाउने छन्। उक्त प्रतियोगिताको आवेदन खुला भएकोले प्रतियोगीहरुले निवेदनहरु दिन सुरु गरि सकेका छन्।
जुन २३ तारिख दरखास्त दिने अन्तिम म्याद रहेको छ।
साथै नेपाली अमेरिकी युवा प्रतिभा, सुन्दरता, संस्कृति, ज्ञान र शक्तिलाई समाजको नेतृत्व गर्न र उल्लेखनीय प्रभाव छोड्नको लागि प्रदर्शन गर्न आयोजकले आब्हान गरेका छन् ।
बिस्तृत जानकारीको लागि यसको साथै आधिकारिक संजाल (वेब साइट) मा https://www.missnepalus.com/जान सकिनेछ भने आयोजकहरुसँग यस ईमेल मार्फत [email protected] सम्पर्क गर्न सकिने छ।