अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले नेल्सन मण्डेलाको एक सय औँ जन्मदिवसका अवसरमा विशेष सम्बोधन गर्ने भएका छन्।
ह्वाइट हाउस छाडेपछि पहिलोपटक ओबामाले यसरी बृहत रूपमा भाषण गर्न लागेको यो पहिलोपटक हो। ओबामाको सम्बोधन जुलाई १७ का दिन जहानेसवर्गमा हुनेछ। जुनबेला अफ्रिकाका युवा नेताहरूको ठूलो भेलासमेत हुँदैछ।
पूर्वराष्ट्रपति ओबामाका पिता केन्याबाट अमेरिका बसाइँ सरेका थिए। त्यसकारण पनि उनी धेरैपटक अफ्रिका पुग्ने अमेरिकी नेताको रूपमा चिनिन्छन्। तर पनि ओबामाले नेल्सन मण्डेलालाई भेट्न पाएका थिएनन्।
यसअघि सन् २०१३ मा नेल्सन मण्डेलाको दाहसंस्कार समारोहलाई सम्बोधन गर्न ओबामा दक्षिण अफ्रिका पुगेका थिए। बाराक ओबामाले सन् २००९ जनवरी २० का दिन पहिलो कार्यकालको संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिको सपथ खाएका थिए।
वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको ओबामाको असमझदारीका बीच हुन लागेको यस सम्बोधनलाई विशेष रूपले हेरिएको अमेरिकी सञ्चार माध्यमहरूले जनाएका छन्।