नेपालमा गएको भूकम्प पश्च्यात अमेरिकामा रहेका नेपालीहरूलाई अमेरिकन सरकारले उपलब्ध गराएको टेम्पोररि प्रोटेक्टेड स्ट्याटस (टिपिएस) नबिकरणका लागी अमेरिकी सिनेटका २३ जना सिनेटरहरुले केन्द्रीय सरकारलाई लिखित आग्रह गरेका छन्।
अमेरिकाको हवाई राज्यका सिनेटर मईजी हिरोनोले सुरु गरेको 'डियर कलिग लेटर' अन्तर्गत डेमोक्र्याटिक पार्टीका प्रभाबसाली सिनेटर एलिजाबेथ वारेन, चार्ल्स सुमर, रिचार्ड डार्बिन लगायतले सयुक्तरुपमा हस्ताक्षर गरी एक अनुरोध पत्र आज सम्बन्धित सरकारी मन्त्रालयमा पठाएका छन्। २०१६ को रास्ट्रपतिय निर्वाचनमा डेमोक्र्याटिक पार्टीको प्राइमेरी निर्वाचनमा राष्ट्रपतिका उम्मेदवार बर्नी स्यान्द्रसले समेतले हस्ताक्षर गरेको सो पत्रमा नेपालको अवस्थामा सुधार नआउन्जेल सम्म अमेरिका भित्र रहेका टिपिएसधारी नेपालीहरूलाई टिपिएस् नबिकरण गरी उनीहरूलाई अमेरिकामा नै कानुनी रूपमा बस्न दिन आग्रह गरिएको छ।
आगामी जुन २४ मा अवधि समाप्त हुने टिपिएसको नबिकरणका लागी एनआरएन - अमेरिकाको राष्ट्रिय तथा राज्य स्तरीय समितिहरू , मानवाधिकारबादी संस्था अधिकार लागएतका सामाजिक सङ्घ-संस्थाले दबाब सृजनाका कार्यकर्महरुमा तीव्रता दिएका छन्।
२०१७ को डिसेम्बर देखि हाल सम्म निरन्तर विभिन्न रूपमा टिपिएसको नबिकरणका लागी पहल गरिरहेको संस्था एन आर एन - अमेरिकाका अध्यक्ष डाक्टर केशव पौडेलले २३ जना सिनेटरले टिपिएस् नबिकरणका लागी पहलगरेकोमा सम्पूर्ण नेपाली-अमेरिकन समुदायको तर्फबाट आभार व्यक्त गर्दै यो कदमले आफू अत्यन्त उत्साही भएको बताए। " बिगतलामो समय देखि नेपाली समुदायले एकिकृतरुपमा गरेको यो प्रयासले एउटा नयाँ रूप पाएको छ, यधपी आ-आफ्ना ठाउँ बाट आफूले सके अनुसारका दबाबमुलक कार्यकर्म तथा अनुरोधहरू जारी राख्नु पर्छ " टिपिएसको नबिकरण नहुन्जेल एनआरएन -अमेरिकाले पहल जारी राख्ने डाक्टर पौडेलले सेतोपाटीलाई जानकारी दिए।
विगतमा झैँ यो वर्ष पनि टिपिएसको नबिकरणका लागी लागेको संस्था अधिकारकी प्रमुख नर्बदा क्षेत्रीले आफ्नो संस्थाबाट टिपिएसको नबिकरणको लागी कर्मिकरुपमा थप कार्यकर्मको आयोजना रहेको बताइन्। सेतोपाटीसंगको कुराकानीका क्रममा प्रमुख क्षेत्रीले आगामी सात दिन अधिकारले 'वेक अप एक्सन' नामक कार्यकर्म सञ्चालन गर्ने जानकारी दिइन्।
२३ जना अमेरिकी सिनेटरहरुद्वारा हस्ताक्षरित पत्र:
Senate Letter TPS Nepal 2018 April 16