प्रसिद्ध जर्मन दार्सनिक इम्यानुअल कान्टले (१७२४-१८०४) आफ्नो पुस्तक ‘पर्पेचुअल पिस’ मा विश्व शान्ति सद्भावका लागि प्रत्येक देशको सरकार जिम्बेवार हुनपर्ने कुरा उल्लेख गरेका छन्।
कुनै पनि देशको संविधान वा सरकारलाई अन्य देशको सरकारले दखल दिन नहुने कुरा उल्लेख गरेका छन्। उनको उक्त विचारको प्रभाब आधुनिक युरोप, अमेरिकालगायत विश्व प्रजातान्त्रिक अभ्यायसमा पर्दै गयो।
यसको पछिल्लो उदाहरणको रूपमा अमेरिकी पोलिसी ‘जोज क्यनिङ’ र विदेश नीति ‘लर्ड पाल्मस्टन’ हो। सन् १९४० को दशकमा कान्टको विचारलाई संयुक्त राष्ट्र संघमासमेत सामेल गरिएको छ।
उनको निधनपछि, विश्व पुँजीपति तथा साम्राज्यवादीले उक्त सिद्दान्तलाई साघुँरो बनाउँदै ब्यापारिक स्वार्थसँग जोडेर ब्याख्या गर्न थाले। तर, प्रथम विश्व युद्वभन्दा अगाडि बिश्व आफूअनुकुल विभाजित थियो।
अंग्रेज साम्राज्यमा बिश्वको ठूलो भू-भागमा आफ्नो साम्राज्य कायम गरिसकेको थियो। त्यस कारण उसले आफ्नो साम्राज्य भित्र खुल्ला ब्यापारिक स्वतन्त्रता कायम गरेको थियो। फ्रेन्च, जर्मन, रसियन, अटमनहरुको समेत अंग्रेजहरुजस्तै आ आफ्नो साम्राज्य भित्र खुल्ला ब्यापारिक स्वतन्त्रता कायम राखेका थिए।
त्यसकारण विश्व आ-आफ्नै खुल्ला ब्यापारिक स्वतन्त्रताको नाममा आफु अनुकुल ब्याख्या गर्न थाले।
पछि १९ औं सताब्दीमा जर्मन दार्श्निक कार्ल मार्कस्को उदयपछि, उनले बिश्वलाई श्रेणीबिहिन समाज (साम्यवाद) को सिद्दान्तको अबधारणा स्थापित गरे।
त्यसपछि, विश्व दोस्रो बिश्व युद्धसँगै राजनैतिक सिद्दान्तको आधारमा विभाजित हुँदै अहिलेको अवस्थामा आइपुगेको छ।
दोस्रो विश्व युद्धसँगै हामी सम्पूर्ण मानबजातिको आपसी सद्भाव, एकता र हिंसा रहित समाजको कल्पना गर्दै सयुक्त राष्ट्र संघको स्थापना भयो। सन् १९४८ मा बिश्व समुदायले बिश्वब्यापी मानब अधिकारको अबधारणा ल्यायो। यसमा सम्पूर्ण मानब जातिहरुको मानब अधिकारलाई सुनिश्चित गरेको छ।
यस अनुसार नै सन् १९६६ मा सामाजिक, आर्थिक, राजनीतिक एबम साँस्कृतिक हकको ग्यारेन्टी हुने भनि स्पस्टसँग सयुक्त राष्ट्र संघको चाटरमा उल्लेखित छ।
दोस्रो विश्व युद्वमा ठूलो मात्रामा आम नरसंहार भएको थियो। जर्मन शासक हिटलर, इटालियन शसक मुसोलिनी, जापानी शासक, त्यस समय युद्ध अपराधमा दोषी ठहरिए।
जब संयुक्त सुरक्षा फौजबाट जर्मन शासक हिटलर पराजित भए, त्यसपछि बिश्व समुदायले अन्तरास्ट्रिय अदालत न्युरेबर्ग ट्रायल स्थापना गरि युद्द अपराध गरेको दोषी ठहरिएका हिटलरको ’नाजी’ पार्टीका सदस्यहरुलाई उनीहरुले गरेको अपराध अनुसार सजाय सुनाइयो। हिटलरले सम्पूर्ण यहुदी लगायत आफ्ना बिरोधिको क्रुरतापूर्बक दमन गरेका थिए। तर उनले भने सजाय पाउनु अगाबै आत्महत्या गरेका थिए।
सोभियत संघको बिगठन पछाडि सन् १९८९ मा युगोस्लाभियाको समेत बिगठन भयो। सर्बियन नेता स्लोबोदान मिलासेबिचले कोसोभोमा अल्प संख्याक अल्बानियाँहरु माथि दमन, हत्या, बलात्कार तथा क्रुरतापूर्बक आम नरसंहार गरेको आरोप मा दोषी ठहरिए।
यसप्रकारको मानवता बिरोधि अपराध रोक्नको लागि अहिले अन्तर्राष्ट्रिय समुदायले ’अन्तर्राष्ट्रिय क्रिमिनल कोर्ट’ को अबधारणा ल्याएको छ। यस अनुरुप, चार्लस टेलरलाई लाइबेरियामा अल्प-संख्यक टुची समुदायको मानबता बिरोधि अपराध गरेको अभियोगमा कारबाही गरेको छ।
यसको पछिल्लो घटनाको रुपमा सीरियाको पश्चिम बिद्रोहीको कब्जामा रहेको इदलिब प्रान्तको खान शयखुन भन्ने ठाउँमा गत मंगलबार रासायनिक हमलामा परि बालबालिकासहित कम्तिमा सय जना सर्बसाधारणको क्रुरतापूर्बक हत्या गरिएको घटनालाई लिन सकिन्छ। अमेरिका, बेलायत र फ्रान्सले उक्त हमला राष्ट्रपति बसर-अल-असदलाई जिम्मेदार ठहराएका छन्।
मर्नेमा दर्जनभन्दा बढी बच्चा छन्। उक्त घटनाको विश्व समुदायबाट निन्दा एबं भर्सन भइरहेको छ। सीरियन अब्जरवेटरी फर ह्यूमन राइट्स (एसओएचआर) ले बताए अनुसार ४ सय भन्दा बढीको अवस्था अत्यन्त गम्भीर छ।
भनिन्छ क्रुर तानासाह आफ्नो क्रुरताको कुनै सीमा राख्दैनन्। यसको पछिलो घटनाको रुपमा सिरिया नर संहारलाई लिन सकिन्छ। सम्पूर्ण सहर भर्खर निन्द्राबाट ब्युझिदै थियो। एक रकेट अकस्मात शहरको आकासमा आइपुग्छ। र, त्यो बिस्तारै बिस्तारै जमिनमा बज्रिन पुग्छ। त्यसपछि रकेटबाट धुँवाको मुस्लो निस्किन थाल्छ र त्यो हावासँगै स्वास-प्रस्वासमा मिसिन पुग्छ।
ती सम्पूर्ण अबोध बालबालिका लगायत सर्बसधारणलाई के थाहा त्यो पबित्र बिहानीको हावामा बिष मिसिएको छ? जब सास फेर्न गाह्रो भइ भकाभक अरु मानिसहरु भुइमा ढल्न थाल्छन्, त्यस पछि थाहा हुन गयो मानवताको क्रुरता नाघेको सासकले यसप्रकारको संबेदनहिन अपराध गरेको भन्ने बारेमा।
मानवताको अन्त्य हुँदै गरेको उक्त घटनाको बारेमा सुन्ने जो कोहीको पनि सरिर सिरिङ्ग काप्ने थियो। मानिसले बनाएको सबभन्दा खतरनाक हतियारको प्रारूप फेरि एकपटक मानब समुदायमा आमसंहारकारी बनेर आयो, त्यो केवल शक्ति रास्ट्रको व्यक्तिगत स्वार्थको लागि र त्यसको गोटी बने राष्ट्रपति बसर अल असद।
आकासबाट बर्सिएको उक्त हतियार अरु कसैले नभइ आफ्नै सत्ता प्राप्तिको मोहमा रसियाको सहयोगमा राष्ट्रपति बसर अल असदले बर्साएका थिए। तर, यसको नराम्रो शिकार अबोध बाल बालिकाहरु पर्न गए।
भनिन्छ दुनियाँमा सिरियासँग सबभन्दा बढी रासायनिक हतियार रहेको छ। उक्त हतियारको प्रयोग जुनसुकै बेला सामान्य अवस्थामा प्रयोग गर्न बसर अल असद पछि पर्दैनन्।
सन् २०१३ मा पनि उनले उक्त हतियार प्रयोग गरि सयौंको हत्या गरेका थिए। त्यसपछि ओबामा प्रसासनले आक्रमणको तयारी गरेको थियो तर अमेरिकी कांग्रेसले अनुमति नदिनू, रसियासँगको तनाब र बेलायती संसदले युद्वको लागि अनुमति नदिनुले उक्त आक्रमण रोकिएको थियो।
तर यस पटक भने ट्रम्प प्रसाशनले ६० टोमहाक मिसायल आक्रमण गरिसकेको छ बसर अल असदको बिरुद्धमा। र यसलाई बेलायत लगायतका देशले खुलेर समर्थन गरिसकेका छन्।
को हुन बसर अल असद?सन् २००० मा सिरियाको राष्ट्रपतिको रुपमा उदाएका बशर अल असद शिया समुदायका व्यक्ति हुन्। सिरियामा शिया समुदायको जनसंख्या केवल १३ प्रतिशत छ। देशको बहुसंख्यक सुन्नी समुदाय करिब ७० प्रतिशत छन्।
शिया समुदायको अतिरिक्त अन्य अल्पसंख्यक गुट तथा ईसाई र कुर्द समुदाय छन्। तर अल्पसंख्यक भए पनि उनले बहुसंख्यक सुन्नी समुदायमाथि साशन गरिरहेकाले त्यहाँ दिनहुँ जसो झडप हुनेगर्छ। त्यसकारण, बशर अलकायदालगायत आईएसआईएसबिरुद्ध अहिले युद्वरत छन्। आफ्ना पिता हाफिज अल असदको उत्तराधिकारीको रुपमा एक निरंकुश तानाशाहि साशन चलाएर बसेका छन्।
राजनीतिक रुपमा यी चतुर खेलाडीले आफ्नो सत्ता टिकाउन रसिया, चीन र इरानको गतिलो समर्थन हासिल गरेका छन्। त्यसकारण अरबमा तानासाहहरुको पतन हुँदासमेत उनी अहिलेसम्म सुरक्षित रुपमा सासन गरिरहेका छन्। होइन भने उनी इराकका तानाशाह सद्दाम हुसैन, ईजिप्टका तानाशाह होस्नी मुबारक र लिबियाका कर्नल गद्दाफीझैँ सत्ताच्यूत भइसक्ने थिए।
सन् १९७० मा सीरियामा जब बाथ पार्टीका उनका पिता हाफिज अल असदले आफ्नो हातमा सासन लिए। त्यसबखत, इस्लामिक कट्टरपन्थीले उनको कडा बिरोध गरेका थिए। तर, हाफिज अल असदले इस्लामिक कट्टरपन्थिको नृशंतापूर्वक दमन गरे।
सन् १९७१ मा सीरिया सरकारले रसियालाई निकट बनाउन आफ्नो बंदरगाह शहर तारतुस रशियन नौसैनिक अड्डा बनाउन राजी भयो। सन् २०१० सम्ममा रसियाले करिब १.५ अर्ब डलर बराबरको हतियार प्रदान गरि सकेको छ। उक्त घटना पश्चात अमेरिका र रसियाको शत्रुता बढेर गयो भने सोवियत संघको बिगठन पश्चात पनि सीरिया र रशियाको दोस्ती कायम छ र अन्त्यहीन गृह युद्दमा सिरिया नराम्ररी फसेको छ।
सिरियाको भबिष्यअहिले विश्व इतिहासकै कठिन समयमा उभिएको छ। रासायनिक हमलापछि ट्रम्प प्रसाशनले सिरियामाथि मिसायल आक्रमण गरेको छ। यसपश्चात रसिया र इरानले अमेरिकालाई आफ्नो सीमाना क्रस नगर्न चेतावनी दिएका छन्।
उक्त घटना पश्चात अमेरिका र रसियाबीच भएको सैनिक सम्झौता समेत भंग भएको छ। सिरिया र अमेरिकाभन्दा पनि रसिया र अमेरिका बीच बढी मुडभेढ हुने देखिन्छ।
अमेरिका र रसिया दुवै आणविक हतियार सम्पन र बिश्व राजनीतिलाई प्रभाब पार्न सक्ने राष्ट्र भएकाले यी दुई देशहरु बिचको निर्णय निर्णायक हुने देखिन्छ।
अहिले अमेरिका र रशियासँग करिब १५ हजार आणविक हतियार छन् र तिनीहरु सबै राष्ट्रपतिको कलमको मसिले कागजमा कोरिसक्दा भीमकाय हतियार बनेर निसानामा बज्रिन पुग्छन्। त्यसकारण अहिले ट्रम्प र पुटिनको कलमको निभको टुप्पो एकदम निर्णायक र ध्वंसात्मक बनेर रहेको छ।
यो दुनियाँ यी दुई नेताहरुको राजनीतिको चपेटामा नपर्ने हो भने सुरक्षित रहनेछ अन्यथा सिरिया जस्तो मानवीय संकट पैदा भइ बिश्व अन्त्यहीन चपेटामा नपर्ला भन्न सकिन्न।