सन २०१८ को लागी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याएको खर्च बजेट सिनेटवाट पारित हुनुपर्छ। खर्च बजेट पारितका लागि सिनेटमा ६० मत प्राप्त हुनुपर्छ। रिपब्लीकन पार्टीको सिनेटमा ५१ मत मात्र छ। बजेट पारित गर्नका लागी राष्ट्रपति डोनाल्ड ट्रम्पलाइ डेमोक्रयाट सिनेटरहरुको सहयोग नलगी हुँदैन। सरकारसँग बजेट नभएर होइन सिनेटको अनुमोदनपछि मात्र बजेट निकासा हुने अमेरिकी कानुन छ।
डेमोक्र्याट सिनेटरहरुले अमेरिकामा अबैधरुपमा छिरेका करिव ८ लाख अबैधानिकहरुलाइ नागरिकता दिने कानुनी वाटो खोले मात्र बजेट पास गर्न सहयोग गर्ने बताएका थिए। ट्रम्पले कानुनी रुपले बस्न मिल्ने कानुन बनाउन तयार रहेको तर नागरिकताका लागी आफु तयार नरहेको अड्डि कसीरहेका थिए।
'ट्रम्पले हामीले भनेको नमान्ने हुन भने हामी बजेट पास गर्न सहयोग गर्दैनौ' न्युयोर्कका सिनेटर चुक सुमरले गएको साता नयाँ बिकल्प ल्याए र गएराती डमोक्र्याटले सिनेटमा बजेट पास गर्न सहयोग गरेन। बजेट पास नभएपछि कुनै पनि आर्थिक कारोवारहरु सूचारु हुँदैनन। यसैलाइ 'अमेरिकी सरकार शटडाउन' भनिएको हो।
गएराती भएको भएको भोटिङमा पाँचजना डेमोक्याटको बाहेक अन्यको भोट डोनाल्ड ट्रम्पले पाएनन र सिनेटवाट बजेट पारित भएन। यो बजेट पारित नहुन्जेल सम्म सरकारलाइ दैनिक कार्य सम्पादनमा अफ्ट्यारो पर्न सक्छ तर अत्यावश्यक आपतकालिन सेवामा भने कुनै प्रभाव पर्ने छैन। साथै यस्तो बन्दले फेडरलका कर्मचारी बाहेक ५० वटा राज्यलाइ खासै प्रभाव पार्ने छैन।
अमेरिकि सेनाको तलव सुविधा केहि दिनका लागी रोकिन सक्ने छ। आतंकवादसँग अमेरिका भन्दा बाहिर लडिरहेको अमेरिकि सेनाको दैनिक खर्चलाइ प्रभाव पार्ने छ। त्यसैले राष्ट्रपति डोनाल्ड ट्रम्पले 'सेनाप्रति डेमोक्रयाट संवेदनशिल नरहेको' भन्दै अमेरिकी सरकार 'शटडाउन' को बिरोध गरिरहेका छन।
अमेरिकी नागरिकले प्राप्त गर्दै आएको 'सोसल स्क्युरीटी' बन्द हुदैन। आवत जावत गर्न समस्या आउँदैन। तर फेडरल कर्मचारीहरुका लागी बजेट नभएका कारण आवतजातमा फरक पर्ने हुनसक्छ।
अमेरिकामा सन १९७६ मा जेराल्ड फोर्डको पालामा १० दिन सम्म अमेरिकी सरकार 'शटडाउन' भएको थियो भने सन १९७७ मा राष्ट्रपनि जिम्मी कार्टरको पालामा सबैभन्दा बढी दिन अमेरिकी सरकार 'शटडाउन' भएको थियो।
सन १९८१ मा राष्ट्रपति रोनाल्ड रेगनको पालामा ८ चोटी अमेरिकी सरकार 'शटडाउन' भएको थियो भने सन १९९० मा राष्ट्रपति जर्जबुसको पालामा ३ दिन अमेरिकी सरकार 'शटडाउन' भएको थियो। त्यस्तै सन १९९५ मा चर्चित राष्ट्रपति बिल क्लिन्टको पालामा समेत २ चोटी अमेरिकी सरकार 'शटडाउन' गरिएको थियो।
त्यस्तै सन २०१३ मा राष्ट्रपति बाराक ओवामाको पालामा समेत १६ दिन अमेरिकी सरकार 'शटडाउन' गरिएको थियो।