तनहुँको हिलेखर्क पर्टकीय गन्तव्यका रूपमा विकास हुँदैछ।
यहाँको परिवेश र गुरुङ समुदायको संस्कृति स्थानीय पर्यटकको आकर्षक हो।
तनहुँको आँबुखैरेनी गाउँपालिका-६मा पर्ने हिलेखर्कमा ५०-६० घर छ भने विगत ८ वर्षदेखि सामुदायिक घरबास (होमस्टे) संचालनमा छ।
गुरुङ समुदायको मात्र बसोबास रहेको यस गाउँमा गुरुङ समुदायको मौलिक सस्कृति हेर्न पाइनुका साथै प्रकृतिको मनोरम दृश्यले जो कोहीको मन लोभ्याइदिन्छ।
एकै पटक सयौं पाहुनाहरु राख्न मिल्ने यहाँको होमस्टेमा जाने जोकोहीलाई न्यानो आतिथ्यतासंगै यहाँको मौलिक परम्परागत खानपानसंगै संस्कृतिक नृत्यहरु देखाइन्छ।
तनहुँको यो पर्यटकीय गाउँको शीरमा रहेको छिम्केश्वरी मन्दिर र यहाँबाट मनोरम हिमशृंखलासंगै गोर्खा लम्जुङ्ग तनहुँ चितवन लगायतका विभिन्न ठाउँहरु देखिन्छ।
गुरुङ समुदायमा प्रचलित घाटुनाच यहाँको विशेषता हो। हरेक बुद्ध जयन्तीको समयमा नाचिने घाटुनाच सयौं बर्षदेखि हालसम्म यहाँ देखाइँदै आएको छ।
यस्तै गुरुङ समुदायको मौलिक संस्कृति हेर्नका निम्ति पनि यो ठाउँले प्रख्याती राखेको छ।
-1718382611.jpg)
-1718382613.jpg)
-1718382613.jpg)
-1718382612.jpg)
-1718382611.jpg)
-1718382612.jpg)
-1718382616.jpg)
-1718382616.jpg)
-1718382615.jpg)
-1718382613.jpg)
-1718382614.jpg)
-1718382615.jpg)
-1718382615.jpg)
-1718382613.jpg)
-1718382613.jpg)
-1718382614.jpg)
-1718382614.jpg)
-1718382612.jpg)
-1718382612.jpg)
-1718382612.jpg)