बिदाको समय ट्रेकिङ जाने ट्रेन्ड बढ्दो छ।
पछिल्लो समय ट्रेकिङ जानेहरूको मुख्य रोजाइको गन्तव्यमध्ये पर्छ लाङटाङ पदमार्ग। काठमाडौंबाट हिँडेको ६ दिनमा सहजै हिमालको काखमा पुगेर आउन सकिने हुँदा धेरैको रोजाइमा लाङटाङ पदमार्ग पर्छ।
पहिलो दिन काठमाडौंबाट स्याफ्रुबेँसी बसेर दोस्रो दिनबाट पदयात्रा सुरू गर्न सकिन्छ।
दोस्रो दिन रिभर साइड हुँदै घोडे तबेला र लाङटाङ भिलेज पुगिन्छ।
तेस्रो दिन लाङटाङ भिलेजदेखि क्यान्जिन गुम्बा, क्यान्जिन री पिक हुँदै चर्गो री पिक पुग्न सकिन्छ। त्यहाँको दृश्य अवलोकनपछि सोही दिन ट्रेलमार्फत् पहिरोसम्म फर्किन सकिन्छ।
लाङटाङ, लिरूङ, गाङछेन्पो, दोक्पु चुचुरो, नया कांगरी, याला चुचुरो, गणेश, मनास्लु हिमाल लगायत धेरै चुचुराहरू यस पदमार्गका देख्न सकिन्छ।
हेर्नुस् तस्बिरहरूः