हिजोआज आन्तरिक पर्यटनले गोरखाको भच्चेक प्रख्यात छ। गोरखाको अजिरकोट गाउँपालिकामा पर्ने भच्चेक काठमाडौंबाट करिब १६३ किलोमिटरको दूरीमा छ।
गोरखा सदरमुकामदेखि बाह्रकिलो हुँदै साना गाडीदेखि पनि सहजै भच्चेक पुग्न सकिन्छ। बाह्रकिलोबाट करिब ४५ किलोमिटरको दूरी पार गरेपछि भच्चेक पुगिन्छ। पालुङटार नगरपालिका हुँदै पनि कालोपत्रे सडक भएर भच्चेक पुग्न सकिन्छ।
सामुद्रिक सतहबाट १ हजार ७ सय ५० मिटर उचाइमा रहेको यहाँको चिसो हावापानी वरिपरि देखिने सुन्दर हिमशृंखलाहरूले मानिसहरूलाई लोभ्याउने गरेका छन्। वर्षायाममा छिनछिनमै बदलिरहने मौसमले पर्यटकको मन आनन्दित तुल्याइदिन्छ।
वर्षायाममा बादलसँग लुकामारी खेल्दै गरेको भच्चेक बजार, हेर्नुस् तस्बिर:












