लामो समयदेखि कोरोनाले थला परेको पर्यटन क्षेत्रलाई चलायमान बनाउन चितवनको सौराहास्थित जङ्गल सफारी लजले नयाँ अफर सार्वजनिक गरेको छ।
‘यसपालीको दसैं तिहार सौराहामा’ नामक योजना ल्याएको लजले भदौ १६ देखि कात्तिक १५ सम्म योजना लागू हुने बताएको छ।
योजना अन्तर्गत पर्यटकले ५ हजार ५ सय ५५ रुपैयाँमा प्रति व्यक्ति दुई रात तीन दिन सौराहा घुम्न पाउनेछन्।
प्याकेजमा सहभागी हुनेले एउटा लन्च, दुई वटा डीनर र ब्रेकफास्ट सहित हात्ती प्रजनन केन्द्र भ्रमण, थारू नाच, सूर्यास्त र थारु गाउँ अवलोकन गर्न पाउने जङगल सफारी लजका कार्यकारी निर्देशक सुमन घिमिरेले जानकारी दिए।
घिमिरेका अनुसार पर्यटकले सहुलियत मुल्यमा स्विमिङ पुल, पूर्ण वातारण अनुकुलित कोठा, रेष्टुरेण्ट र वाइफाई सुविधा हुनुका साथै पर्यटकले सौराहाको अन्य गतिविधिमा सहभागी हुनसक्ने बताए।
कोभिडको कारण विगत लामो समयदेखि घरमै बस्नु भएकालाई घुमाउनको निम्ती र घुम्ने संस्कृति विकास गर्नको लागि पनि यो प्याकेज योजना ल्याएको उनले जानकारी दिए।
‘हामीले विगत एक दशकदेखि दसैं तिहारको समयमा यस्तै योजना ल्याउँदै आएका थियौं, सफल पनि भयौं त्यसैले यो वर्ष पनि निरन्तरता दिंदै छौं,’ घिमिरेले भने, ‘जंगल सफारी लजले विभिन्न सभा गोष्ठीको लागि सेमिनार हलमा समेत यो अवधि भर विशेष छुट दिनेछ।’