बर्दियामा बाघ, पोखरामा ताल, काठमाडौंमा मन्दिर वा गुम्बा पयार्य नै भए। यी ठाउँहरुमा सँधै देखिने कुरो नदेखिनु खल्लो लाग्नसक्छ।
पर्यटनको पाङ्ग्रोमा कुरो अलिक फरक अनि भिन्न देखिनुपर्छ। निश्चय नै बाघ त बाघ नै हो, बर्दिया त्यो भन्दा पनि बढी हो।
डल्ला सामूदायिक होमस्टे पनि हो जहाँ त्यो क्षेत्रको जिवन्त संस्कृति हेर्ने मौका मिल्छ। बर्दिया त कर्णाली किनारको सूर्यास्त हो, कर्णालीमा भएका जलचर, जाल फिजाउने माझीदाई, थारु बहिनीको मधुर मुस्कान पनि हो, हो बर्दिया सबै हो।
यही बर्दियाको अनेक रुपलाई चित्रित गरी नेपाल पर्यटन बोर्डले भिडिओ बनाएको छ। हेर्नुहोस् भिडिओ