दुबई सहरलाई पर्यटकीय केन्द्रका रुपमा विकास गरिएको छ। त्यसैले त्यहाँ संसारभरका पर्यटक पुग्छन्। हामी पनि पुग्यौं २७ माघ २०७९ का दिन। हामीले एउटा बेग्लै संसारमा पुगेको अनुभूति गर्यौं।
त्रिभुवन विमानस्थल, काठमाडौंबाट ५ घण्टा उडानमा दुबईमा पुग्यौं। विमानस्थल बाहिर हामीले गाडी कुर्यौं। पुग्नु थियो, होटल फर्चुन पल्र्समा। तर, एक घण्टा कुरेपछि मात्र हामीलाई लिन गाडी आइपुग्यो। जब होटलमा पुग्यौं तब फ्रेस भएर बाहिर निस्कियौं।
जम्मा ५ दिनको यात्रा भएकाले धेरैतिर घुम्नुथियो। धेरै अनुभव संगाल्नु थियो। फ्रेस भएर हामी दुबई मलतिर लाग्यौं। प्यास लागिसकेको थियो, त्यसैले आधाआधा लिटरका दुई बोतल पानी किन्यौं १० दिराममा। अर्थात् नेपालको ३५४ रुपैयाँ पर्यो।
त्यसरी सोच्न थाल्यौं भने त विदेश जान पनि सकिँदैन, खान पनि सकिँदैन। मैले भन्न खोजेको के हो भने, त्यहाँको तुलनामा हाम्रो नेपाली मुद्रा कति कमजोर रहेछ ! हामी कति गरिब रहेछौं ! हामी बास बसेको होटलमा समेत सित्तैंमा एक गिलाँस पानी पनि पाइँदो रहनेछ।
भोक लागेपछि हामी इण्डियन रेष्टुरेण्टमा पस्यौं। त्यहाँ शाकाहारी परिकार पाउनै मुस्किल। ‘ननभेजका आइटम’ भने कति हुन् कति। हामीले वेटरलाई इसारा गर्दै सादा दालभात र तरकारी माग्यौं।
वेटरले त वटर फ्राइ राइस, दाल फ्राइ स्पाइसी मिक्स तरकारी मात्र छ भन्यो। सबै खाना फ्राई मात्र रे! भोकै बस्नु त भएन, अर्डर गरियो। अनि स्यु...स्यु... गर्दै पेट भर्यौं।
खाइवरी हामी दुबई मलमा लाग्यौ। मलमा पहिलो नजर ठुलो एक्वेरियममा पर्यो। पानीमा बस्ने अचम्मका जीवहरू ! बिभिन्न आकार प्रकारका। पर्यटक पनि एक्वेरियम भित्र पसेर हेर्न मिल्छ तर भिजिँदो रहेनछ।
अचम्म लाग्यो। त्यहाँ भित्र जान दिराम १०० अर्थात् नेरु ३५ सय रुपैयाँ पर्दो रहेछ।
अर्को चाखलाग्दो दृश्य, ७– ८ तला उचाइको भिताबाट पानीको झरना जस्तै झरिरहेको, त्यहाँ कृत्रिम मान्छे हाम फालिरहेको। सतहको पानीमा कहिले नपुग्ने दृश्य।
हामी रमायौं। थुप्रै फोटा पनि खिच्यौं। घुमफिरपछि हामी त्यो मलबाट बाहिर निस्कियौं।
हाम्रा आँखा जुधे बुज खलिफासँग। आकाशलाई चुम्न सकिने टावर। संसारको सबैभन्दा अग्लो टावर। सांझको समय दुबई शहर पुरै झिलिमिली देखियो। झिलिमिली बुज खलिफा दुलही जस्ती देखिइन्, उनले आकाशलाई भाबनात्मक चुम्बन गरिरहे जस्तो लाग्थ्यो।
समय घर्केकाले त्यो दिन हामी टावरमा चढेनौं। त्यहाँबाट होटलमा फर्कियौं।
अर्को दिन होटलको डाइनिड. हलमा ब्रेकफास्ट खायौं। प्रायः ब्रेकफास्ट आइटम नदोहोरिने पायौं। परिकारमा पुरी, चाउमिन, आलुदम, फ्राइ अण्डा, उसिनेको अण्डा, फिंगर चिप्स, ससेज, फ्राई फिस, चिकेन करी, च्याउ साँधेको, सलामी, कर्नफ्लेक्स, ओट्स, दूध, चिया, कफी, दही, फलफूल, जुस आदि हुन्थ्यो।
हामीले इच्छाअनुसार सेवन गर्यौं। लन्चलाई समेत पुग्ने गरि खान्थ्यौ। लन्चको पैसा पनि अलिअलि बच्थ्यो। हाम्रो ट्राभल प्याकेजमा भिसा फ्रि, टु वे टिकट, ५ दिन ४ रातको होटल, ब्रेक फास्ट, साइट सिन, क्रुज डिनर, डेर्जट डिनर मात्र समेटिएको थियो। त्यसबाहेक सबै खर्च अतिरिक्त हुन्थ्यो।
बिहानीको खाजा पछि अर्को एउटा परिवारसहित हामी ९ जना साइट सिनमा निस्कियौं। हामीलाई घुमाउने गाडी टलक्क टल्केको थियो। यस्तो गाडीमा त हाम्रो देशमा मन्त्रीहरू सवार हुन्छन्।
सफा सडकमा गाडी हुँइकियो। सडकका दायाँबायाँ आँखा डुलाएँ। सडकमा न कतै कागजका टुक्रा, न चुटोटका ठुठा। धुलोधुवाँ रहित सडक।
आफ्नै गतिमा गुडिरहेका गाडी। त्यहाँका दृश्य देख्दा मनमा अनेक कुरा खेल्न थाले। हाम्रो देशमा यस्तो राम्रो वातावरण कहिले हुन्छ? पहिलो साइट सिनमा देखें साथीभाईसँग गफिन लायक गहकिला बस्तु। सुनको धागाले बनेका गलैंचा। टल्किने अति सुन्दर। ओच्छ्याउने होइन, फ्रेम हालेर भितामा टाँग्ने। मन पर्र्यो मलाई।
हाम्रो छेउमा उभिएका अर्को नेपालीले त्यसको मूल्य सोधिहाल्यो। जवाफ आयो १७ हजार दिराम। त्यति महंगो किन्न सक्ने सामथ्र्य थिएन हाम्रो।
अर्को कुरा, करिब १० तला अग्लो स्टिलको धेरै मोटो रिड.देखे। दुबइको म्युजियम जसलाई ‘द वल्ड अफ द फ्युचर’ भनिँदो रहेछ।
दुबइ फ्रेम होटलबाट मात्र ४० मिनेटमा पुग्यौ। घाम चर्को थियो। हामी गाडीबाट ओर्लियौं। दुबई फ्रेममा घाम परी टल्ल टल्केर हेर्न गाहो भयो। वाउ...कति सुन्दर, कति बिशाल गेट ! करिब ६२ तला अग्लो सुनको जलप लगाइएको गेट।
त्यहाँ पर्यटकको घुइँचो थियो। पर्यटक लोभ्याउन बनाइएको गेट। हामी लिफ्टबाट माथि उक्लियौ। त्यसको टपबाट दुबईको मनोरम दृश्य हेर्यौं। यसको भुइँतलामा संसारलाई एउटै हल भित्र नियाल्न पाइने संग्रहालय छ।
बुज खलिफा, दुबई गेट, होटल एटलान्टिक, सेभेन स्टार होटल बनाउने इन्जिनियरलाई सलाम !
हामी दुबई पुगेको चौंथो दिन मिराकल गार्डेनमा घुम्यौं। त्यहाँको प्रवेश शुल्क प्रति व्यक्ति ७५ दिराम पर्दोरहेछ। रंगविरंगका बोटविरुवाबाट हातीको सिंगो शरीर, घोडाको टाउको, घरको आकार, मयुरको आकार, पेनगुइन, हवाइ जहाज आदि बनाइएको रहेछ। ज्यादै मनोहर ठाउँ लाग्यो। त्यहाँ बलबालिकाका लागि विभिन्न खेलहरू पनि खेलाइन्छ।
यस ठाउँमा अवलोकन गर्न १५–२० दिन पहिल्यै टिकट बुक गर्नु पर्ने नियम रहेछ। त्यहाँ हामीले भबिष्यमा संसारको टेक्नोलोजी कुन गतिमा बिकास हुन्छ भन्ने प्रदर्शनी हुने पायौ ।
अर्को कुरा, काइट वीचको छालमा खुट्टा डुबाई आनन्द लियौं। दुबईका राजाका तीन महारानीका तीन ओटा दरबार रहेछन्। बिशाल पर्खाल बीचमा खाली देखिने एटलाण्टिक होटल पनि आकर्षक पायौं। विभिन्न विशेषताले भरिएका होटलहरू। फाइभ स्टार, सेभेन स्टार होटलहरू छन् त्यहाँ।
छानामा ठुलो टेनिस ग्राउण्ड छ। त्यहाँ लङ टेनिस खेलिन्छ। होटल कति ठुलो होला, अनुमान गरौं।
क्रुजमा बसि एक चक्कर लगाउँदा तीन घन्टा वितेको पत्तै नहुने। क्रुज डिनर रमाइलो भयो। यो हो नि पर्यटक आकर्षण गर्ने जुक्ति ।
हामीले डेजर्ट सफारी पनि गर्यौं। १ घण्टाका लागि २५० दिरामको टिकट बुक गर्यौं। बाइक पालो लिन लाइनमा बस्यौ। पालो आएपछि बाइकमा बसेर कुद्यौं। मरुभूमिको खाल्डाखुल्डी र उकालीओरालीमा कुदाउँदा जिउ सिरिङ भयो।
बालुवा उडाएर जिउभरि छरियो। हामी उभिन नसक्ने गरी लड्न खोज्थ्यौं। सम्हालिन नसकेर हत्त न पत्त थचक्क बसें। अनि मज्जाले दिल खोलेर हाँस्यौ।
राती हामी डेजर्ट डिनरमा पुग्यौ। दुबईको कल्चर शो बेली डान्स, टनुरा डान्स, फायर डान्सको मनोरन्जनसँगै खाना खायौं।
यात्राको पाँचौ दिन हामी बुर्ज खलिफा टावरमा चढ्यौ। त्यसका लागि दुई दिन पहिल्यै टिकट बुक गरेका थियौं। १ घण्टा १५ मिनेट लामो लाइनमा बसेर टिकट चेक गराई लिफ्टमा चढ्यौ। १२५ तले टावर चढ्न जम्मा ५ मिनेट लाग्यो।
टावर चढ्नु अगाडि हामीले अनेक अड्कलबाजी गरेका थियौं। मन डराएको थियो, चक्कर लाग्ने हो कि ? वाकवाक पो लाग्ला कि ? आँखा चिम्लेर पो उक्लिनु पर्छ कि ! लिफ्टमा बसेपछि त्यस्तो कुनै ड लागेन।
हामीले १२६ औं तलाको भर्याङ चढेर दुबई सहरको दृश्यावलोकन पनि गर्यौं।
यसरी दुबई यात्राको अनुभव सुनाउनुको अर्थ, विदेशका सबै ठाउँ राम्रो, हाम्रो नराम्रो भन्न खोजिएको होइन।
हाम्रो नेपाल त अतुलनीय छ। यहाँ प्रकृति, संस्कृति र इतिहासका अथाह भण्डार छन्। तिनको राम्रो सदुपयोग गरि पर्यटन बढाउन सके मुलुकलाई धेरै फाइदा पुग्छ।
हाम्रो देशमा पर्यटन विकासका लागि अनगिन्ति श्रोत छन्। तिनको सम्भावना पहिल्याई पर्यटन विकास गर्न जरुरी छ।
हामी प्रकृति प्रेमी समूहबाट प्राकृतिक सौन्दर्यले भरिपूर्ण थुप्रै ठाउँमा घुमिसकेका छौं। ती ठाउँमा पुग्दा स्वर्गमै पुगेको आभास हुन्छ जहाँ तन र मन रमाउँछन्। कर्णाली सेरोफेरो, मनाड., मुस्ताड., जोमसोड, मुतिmनाथ, लिवाड., थवाड, स्वर्गव्दारी, रोल्पा, खप्तड, बडिमालिका, गोसाई कुण्ड, राराताल, कन्याम, ताप्लेजुड., घान्द्रुक, लिगलिगकोट आदि अनेकौं गन्तव्य छन् हाम्रो देशमा।
पर्यटकीय गन्तव्यका रुपमा चम्किएका यी ठाउँलाई अझै व्यवस्थित बनाउन र नयाँनयाँ गन्तव्य पहिचान गरेर स्वदेशी तथा विदेशीलाई घुम्ने वातावरण बनाउन सरोकारवाला सबैले पहल गरुन्।
नेपालको पर्यटनलाई उचाईमा पुर्याउन सबैले हातेमालो गर्नुपर्छ।