दार्चुलाको व्यास गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका मंगल सिंह धामीले सत्ता गठबन्धनका उम्मेदवारालाई हराएका छन्।
धामीले २ हजार ९ सय ४९ मत ल्याउँदा उनका निकटतम कांग्रेसका निर्वतमान अध्यक्ष दिलिप बुढाथोकीले २ हजार ३ सय ९६ मत पाए।
यस्तै उपाध्यक्षमा माओवादीका विनोदसिंह कुँवर २ हजार ५ सय १२ मत ल्याएर विजयी भए।
उनका प्रतिष्पर्धी नेकपा एमालेका चन्द्रा कुँवरले २ हजार ४ सय ९६ मत ल्याएकी थिइन्।
यो सँगै दार्चुलको नौ वटै स्थानीय तहको मतगणना सम्पन्न भइसकेको छ।
जसमा एमालेले पाँच र माओवादीले चार वटा पालिका जितेका छन्। कांग्रेसले भने गठबन्धन गरे पनि प्रमुखमा चुनाव जित्न असफल रह्यो।
२०७४ मा भने कांग्रेसले पाँच वटा प्रमुखमा जित हात पारेको थियो।