दाङ क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले निरन्तर मतान्तर बढाउँदै लगेका छन्।
पूर्व मन्त्रीसमेत रहेका नेता गिरीले २३ हजार ८ सय ३२ मत प्राप्त गर्दा नेकपा एमालेकी उम्मेदवार कोमल वलीले १८ हजार ४ सय ९१ मत प्राप्त गरेकी छन्।
कांग्रेसका गिरी र एमालेकी वली भन्दा ५ हजार ३ सय ४१ मतले अगाडि छन्। हालसम्म ५७ हजार ७ सय ६२ मत गणना भएको छ।
अहिलेसम्म राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुबेदीले ९ हजार ६ सय ९६ मत प्राप्त गरेका छन्। कुल मतदाता १ लाख ४६ हजार ४ सय ७५ रहेकोमा ९० हजार १ सय ५० मत खसेको छ।
अब ३२ हजार ४ सय १८ मत गणना हुन बाँकी छ।