प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादवलाई पराजित गर्दै कांग्रेस उम्मेदवार अमृत अर्याल मोरङ क्षेत्र नंं ५ को २ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्।
अर्यालले स्वास्थ्य मन्त्री तथा जसपाका नेता जयराम यादवलाई फराकिलो मत अन्तरले पराजित गर्दै प्रदेशसभा सदस्यमा विजयी भएका हुन्।
अर्यालले मन्त्री यादवलाई ५ हजार २७८ मतले पराजित गरे।
कांग्रेसका अर्यालले १६ हजार १०२ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी यादवले १० हजार ८२४ मत पाएका छन्।