पश्चिम नवलपरासी क्षेत्र नम्बर १ (१) काे प्रदेशसभा सदस्यमा पाँच दलीय सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका विश्वप्रेम पाठक विजयी भएका छन्।
प्रदेशसभा निर्वाचित पाठकले १५ हजार ४३६ मत ल्याएका छन्। उनका निकटतम प्रतिस्पर्धी तीन दलीय गठबन्धनका उम्मेदवार एमालेका पुण्यप्रसाद उपाध्याय पाैडेलले १३ हजार ३१६ मत ल्याएका छन्। पराजित उपाध्यायलाई २ हजार १२० मतले पछी पादै विजयी बनेका हुन् ।
४९ वर्षका पाठक बर्दाघाटबाट २०७४ को स्थानीय तह निर्वाचनमा मेयरमा पराजित भएका थिए। पाठक नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सदस्य समेत हुन्।