प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राई भोजपुरमा माओवादी केन्द्रका उम्मेदवार सुदन किरातीभन्दा झन्डै २५ सय मतले पछि परेका छन्।
प्रतिनिधिसभामा एक मात्र निर्वाचन क्षेत्र रहेको भोजपुरमा मत गणना जारी छ। पछिल्लो मत परिणामअनुसार माओवादीका किरातीले १३४४२ मत प्राप्त गर्दा एमालेका राईले ११११६ मत प्राप्त गरेका छन्। उनीहरूबीचको मतान्तर २३२६ छ।
माओवादी उम्मेदवार किरातीलाई सत्ता गठबन्धनका दलहरूको समर्थन छ।