बझाङ क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशी विजयी भएका छन्।
उनी २८ हजार ४१३ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका ऐनबहादुर महर हुन्।
उनले २७ हजार ४१२ मत ल्याएका छन्।
उनीहरूबीच एक हजार एक मतको अन्तर छ।
बझाङ प्रदेश (१)मा नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंह १७ हजार ११२ मतले विजयी भएका छन्।
उनका प्रतिस्पर्धी नेकपा एमालेका अफिलाल ओखेडाले १३ हजार ३३६ मत प्राप्त गरेका छन्।
यस्तै प्रदेशको (२) मा नेकपा माओवादी केन्द्रका भीमबहादुर भण्डारी १३ हजार ८७९ मतसहित विजयी भएका छन्।
उनका प्रतिस्पर्धी नेकपा एमालेका लालबहादुर रावलले ११ हजार ३३७ मत प्राप्त गरे।