जाजरकोटबाट नेकपा माओवादी केन्द्रका शक्ति बस्नेत विजयी भएका छन्।
बस्नेतले ३४ हजार १ सय ५१ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका निरज आचार्यले २५ हजार १ सय २० मत प्राप्त गरे।
२०७० र २०७४ सालको निर्वाचनमा पनि बस्नेत जाजरकोटबाट बिजयी भएका थिए।
माओवादी संसदीय राजनीतिमा आएपछि बस्नेत २०६८ सालमा स्वास्थ्य मन्त्री, २०७२ सालमा गृहमन्त्री र २०७४ सालमा वन मन्त्री भइसकेका छन्।