प्रतिनिधिसभाको एक मात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँची प्रदेश (ख) बाट नेकपा एमालेका रामजीप्रसाद घिमिरे विजयी भएका छन्।
घिमिरेले २२ हजार ७ सय ७६ मत प्राप्त गरी निर्वाचित हुँदा नेपाली कांग्रेसका कमलप्रसाद भुसालले २१ हजार ९ सय ७५ मत प्राप्त गरेका छन्। घिमिरे यसअघि पनि प्रदेश सभा सदस्य थिए।
अर्घाखाँचीमा सत्ता गठबन्धनलाई पराजित गर्दै प्रतिनिधिसभा र प्रदेशसभाका तीनवटै सिटमा एमाले उम्मेदवार निर्वाचित भएका छन्। अघिल्लो निर्वाचनमा पनि यी तीनै सिट एमालेले जितेको थियो।