कञ्चनपुर निर्वाचन–२ मा नेपाली कांग्रेसका उम्मेदवार नारायण प्रकाश (एनपी) साउद विजयी भएका छन्। उनी ६४५५ मतान्तरले विजयी भएका हुन्।
निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार उनले २८१०० प्राप्त गरी प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका हुन्।
उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का नरबहादुर धामीले २१६४५ मत प्राप्त गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार झंकरराज जोशीले चार हजार नौ सय ३१ मत प्राप्त गरेका छन्।