रूपन्देही क्षेत्र नम्बर ३ (१) काे प्रदेश सभा सदस्यमा पाँच दलीय सत्ता गठबन्धनका लोकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) का सन्तोषकुमार पाण्डेय विजयी भएका छन्।
प्रदेशसभा निर्वाचित पाण्डेयले १४ हजार ९२८ मत ल्याए।
तीन दलीय गठबन्धनका जनता समाजवादी पार्टी (जसपा) का महेन्द्रकुमार यादवले १० हजार ७९७ मत ल्याएका छन्। हाम्रो नेपाली पार्टीका गोपाल भण्डारीले ५ हजार ४६२ मत ल्याई तेस्रो स्थानमा रहे।
३८ वर्षका पाण्डेय २०७४ मा पनि यही क्षेत्रबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए।
उनी लुम्बिनी प्रदेशका पूर्व भाैतिक पूर्वाधार विकास मन्त्री समेत हुन्।