रोल्पामा प्रतिनिधि सभामा नेकपा माओवादी केन्द्रका उम्मेदवार वर्षमान पुन निर्वाचित भएका छन्।
उनले ४१ हजार ७१४ मतसहित जित हासिल गरेका हुन्।
उनका प्रतिस्पर्धी नेकपा एमालेका पूर्णबहादुर बुढामगर छन्। उनले १६ हजार ४८५ मत पाएका छन्।
वर्षमान पुन २५ हजार २२९ मतको अग्रताले निर्वाचित भएका हुन्।