पर्सा-३ बाट नेकपा एमालेका राजकुमार गुप्ता प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन्।
नेपाली कांग्रेसका सुरेन्द्रप्रसाद चौधरीलाई १५१ मतले पराजित गर्दै राजकुमारले जितेका हुन्।
उनले २४ हजार २६० मत ल्याए। उनका निकटतम् प्रतिद्वन्दी सुरेन्द्रले २४ हजार १०९ मत पाए।
प्रतिनिधिसभातर्फ मधेस प्रदेशमा यो एमालेको पहिलो जित हो।
२०७४ सालको निर्वाचनमा यहाँबाट तत्कालीन संघीय समाजवादी फोरम नेपालका हरिनारायण रौनियार विजयी भएका थिए। सुरेन्द्रप्रसाद दोस्रो हुँदा राजकुमार तेस्रो भएका थिए।