सर्लाही प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार महिन्द्र राय यादवले अग्रता कायम राखेका छन्।
यादवले ६ हजार ३८५ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतो हुन्।
उनले भने ५ हजार ६९३ मत पाएका छन्।
उनीहरूबीच ६९२ मतको अन्तर छ। नेकपा एमालेका राजनारायण साह तेस्रो स्थानमा छन्।
उनले ४ हजार ४१५ मत पाएका छन्।