म नियमित मोबाइल इन्टरनेट चलाउछु। तर नयाँ वर्षको अवसरमा नेपाल टेलिकमले ल्याएको एउटा अफरबाट म ठगिएको छु।
गएको शनिबार टेलिकमको उक्त अफर लिएको थिए। आइतबार त्यहीबाट डाटा चलाए।
सोमबार बिहान डाटा चेक गर्दा २ हजार एमबी बाँकी रहेको देखियो। अनि उक्त अफर मान्य हुने समय पनि पाँच दिन बाँकी रहेको त्यही म्यासेजमा थियो। त्यसपछि एक घण्टा इन्टरनेट चलाएपछि मोबाइलमा एक सय रुपैयाँ ब्यालेन्स सकिएछ।
त्यो बीचमा ब्यालेन्स नसकुन्जेल कुनै पनि म्यासेज आएन। टेलिकमले ‘मेन ब्यालेन्सबाट इन्टरनेट चल्दैछ’ भनेर जानकारी दिएको भए म यसै पनि टेलिकमको इन्टरनेट चलाउँदिन किन भने मलाइ महंगो लाग्छ।
कुनै पनि उपभोक्ताको पैसा काट्दै गर्दा कुन प्रायोजन, कसरी र किन काटिंदै छ भनेर जानकारी दिनुपर्छ र यो सामन्य उपभोक्ता अधिकारको कुरा पनि हो तर टेलिकमले त्यसरी मलाई कुनै पनि जानकारी नदिएर एकातिर डाटाको भ्यालिडिटी पनि दखाउने अर्कोतिर मेन ब्यालेन्सबाट इन्टरनेट चल्दा पनि जानकारी नदिने?