भानु जयन्तीमा आदिकवि भानुभक्त आचार्यको स्मरण घाँसी कविताबाट सुरु गरौं-
भर जन्म घाँस तिर मन दिई धन कमायो
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो
घाँसी दरिद्र घरको तर बुद्धि कस्तो
म भानुभक्त धनी भैकन किन यस्तो
मेरा इनार न त सत्तल पाटीकै छन्
जे धन चिजहरु छन् घर भित्र नै छन्
त्यस घाँसीले कसरी आज दिए छ अर्ति
धिक्कार हो म कन बस्नु न राखि कीर्ति
पिता धनञ्जय आचार्य र माता धर्मवती देवी आचार्यको कोखबाट आदिकवि भानुभक्त आचार्यको जन्म विक्रम सम्वत् १९७१ असार २९ गते तनहुँको जिल्लाको चुँदी रम्घा भन्ने ठाउँमा भएको थियो।
एक सम्पन्न ब्राह्मण परिवारमा जन्म भएको उनको प्रारम्भिक शिक्षा लालनपालन त्यसै अनुरूप धार्मिक संस्कृति अनुभाषनमा भएको हो। भानुभक्तको प्रारम्भिक शिक्षा उनका हजुरबुबाबाट प्राप्त भएको हो। असार २९ गतेका दिन भानु जयन्ती भव्यरूपमा मनाइन्छ।
यस वर्षको भानु जयन्तीको अवसरमा हामी स्वदेश तथा विश्वमा छरिएर रहेका सम्पूर्ण नेपाली भाषी एकतामा बाध्ने, सूत्रबद्ध हुने, आफ्नो भाषालाई गौरव गरौं र भानु जयन्ती धुमधामले मनाऔं। राष्ट्रिय एकता सहृदयी उत्सव मानेर भानुभक्तको योगदानलाई कदर सम्मान र आदर गरौं।
उनका रचना नेपाली जनजिब्रोमा झुन्डिने लय जसले नेपाली भाषा र शब्दको मानचित्रमा अभिव्यक्त गरेका छन्। संस्कृति भाषामा लेखिएको रामायण महाकाव्यलाई नेपाली भाषा अनुवाद गर्नु चानचुने कुरा थिएन। हरेक नेपाली जिब्रोहरूमा भानुभक्तका लय अझै जीवन्त र जीवित छन्। त्यसैले भानुभक्त रामायण बनेर अमर छन्, सधैं बाँचेका छन्, बाँचिरहने छन्।
त्यतिबेला नेपाली भाषालाई वाल्मीकि रामायण जस्तो संस्कृत महाकाव्यलाई नेपाली भाषामा अनुवाद गर्दै छन्द र भावलाई कायम अझ बढोत्तर गरे। शताब्दीसम्म जनमानसले प्रयोग गर्नसक्ने र यथार्थपरक उखान टुक्का भनाइ र छन्दात्मक अभिव्यक्ति छोडेर गए।
भानुभक्त आचार्यले रामायणको सरल नेपाली भाषामा अनुवाद पश्चात् नेपाली भाषा संस्थागत विकास भएको तथ त्यसपूर्व नेपाली भाषाले औपचारिकता पाएको बुझिन्छ।
१५ औँ शताब्दीतिर नेपाली भाषालाई 'खस' भाषा भनेर चिनिन्थ्यो। खस राजाहरूको पराजयसँगै 'खस' भाषा पनि ओझेलमा परेको थियो। आदिकवि भानुभक्तले वाल्मीकि रामायणको नेपाली अनुवादपछि नेपाली भाषाको श्रीवृद्धि र औपचारिक लिपिवद्द गरेपछि नेपाली भाषा, शब्द र मानचित्रमा अभिव्यक्त गरेका हुन्।
रामायण वाचन गर्ने, लय मिलाएर सबै गाउँले एकै ठाउँमा जम्मा भएर लय हालेर पढ्ने र सुन्न थाले। संस्कृत भाषा बुझ्न् र पढ्न कठिन थियो। उतिबेला कविताहरू ग्रन्थ लेख रचना संस्कृत भाषा हुने गर्थे, यसअर्थमा संस्कृत भाषा बुझ्न् बुझाउन सक्ने ब्राह्मणहरू आवश्यक र खाँचो पर्थ्यो।
भानुभक्त आचार्यले रामायणलाई नेपाली भाषामा मात्रै अनुवाद गरेका छैनन्। उहाँका थुप्रै साहित्य रचना र चर्चित कृति पनि छन्। जस्तैः रामगीता, वधुशिक्षा, प्रश्नोउत्तर, भक्तमाला, उल्लेखनीय रचनाहरू हुन्।
रामायणको नेपाली अनुवादपछि नेपाली भाषा साहित्यमा सामान्य सरल प्रयोग,पहुँच र नेपाली भाषालाई प्रेम गरेका छन्। रामायणको नेपाली भाषामा अनुवादपछि ठूलो ख्याति कमाएका छन्। हरेक नेपालीको घरमा रामायण जनजिब्रोमा रामायणका श्लोक कन्ठस्थ गरे, रमाए।
रामायण भित्र रहेका बालकाण्ड कथा उपकथाले पाठकलाई मनोरञ्जनको साथै सामाजिक, नैतिक र चारित्रिक,धार्मिक भावना मानवताको शिक्षा प्रदान गरेको छ। आजका फोर डी, थ्री डी सिनेमा हेरेर मनोरञ्जन गरेभन्दा कम्ती रमाइलो अनि रमाइँदैन थिए जनमानस।
माथि उल्लेखित 'घाँसी' कविताका हरफबाट सजिलै बुझ्न् सकिन्छ। भानुभक्त संस्कृति भाषाका ज्ञाता मात्रै भएर वाल्मीकि रामायणलाई नेपालीमा अनुवाद गरेका थिए भनेर बुझ्नु उहाँ माथिको अन्याय हुनेछ।
हो, भानुभक्तको नामसँग मोतीराम भट्टको नाम जोडिएर आउँछ। भानुभक्तको जिवनी उनका अप्रकाशित कृति मोतीराम भट्टले उजागर गरिदिए। यति कुरा लेख्न सकिन्छ, भानुभक्तले थुप्रै कृति रचना गरेतापनि रामायणमा बाँचेका छन्। पाठकले मन पराए। धेरै रसस्वाद गरेर रूचि भएका पाठकहरूले रामायणका श्लोकवद्ध श्लोक याद गर्नु चाखलाग्दो छ।
अर्को रोचक प्रसंग नेपाली भाषा छन्दमा श्लोकहरू पाएपछि नेपाली समाजले बिहे, व्रतबन्ध, दोहोरी, सिलोक र सवाल-जवाफ खेल्ने चलन चल्यो। यस अर्थमा लोकसंगीत र संस्कृतिको उद्गगम विन्दु पनि भानुभक्तको सरल नेपाली भाषाको प्रयोग अनुवाद नै हो भनेर लेख्दा अनुपयुक्त नहोला।
भानुभक्त महान सर्जक, बहुआयामिक तिक्ष्ण बुद्धि, सरल स्वभाव भएका व्यक्तित्व थिए। मानवतावादी, देशभक्त, अनुशासित, धर्मभावले भरिएका देशप्रति न्यानो धर्मप्रबन्धक रामका अन्धभक्त पनि थिए।
त्यस समयका समकालीन कविहरू लक्ष्मीप्रसाद देवकोटा, लेकनाथ पौड्याल, मोतीराम भट्ट आदि पनि थिए। तर भानुभक्त आचार्य आदिकवि उपादीबाट सम्मानित भए।
'वाल्मीकि रामायण' महाकाव्यलाई भानुभक्तको नेपाली अनुवाद पश्चात् 'भानुभक्त रामायण' ले परिचित गराए, ख्याति कमाए। भानुभक्तको नाम उनको जन्म जयन्ती विश्वमा छरिएर रहेका नेपालीहरू हरेक देशमा अनौपचारिक अनौपचारिक रूपमा मनाउने गर्छन्।
भारतको दार्जिलिङ, आसाम र भुटानका नेपाली भाषी पनि भानु बाजेको जन्म जयन्ती भनेर सम्झन्छन्। गत वर्ष र यो वर्ष कोभिड महाव्याधिले औपचारिक रूपमा भानु जयन्ती मनाउन पाएको छैन।
एउटा कुरा स्पष्ट छ, भानुभक्तको जिवनीबारे अझै थप उनका कृति, कविता बारे थप अध्यन अन्वेषण खोजतलास गर्नु जरुरी छ। मोतीराम भट्ट र भानुभक्त जोडिएर आउने नाम हुन्। युगकवि मोतीराम भट्ट त्यतिकै हाम्रा सम्मानित विभूति हुन्।
आदिकवि भानुभक्तका अधिकांश कृति मोतीराम भट्टले लेखिदिएका हुन् भन्ने आरोप पनि कतिपयले लगाउने गर्छन्। त्यसो देखिँदैन, भारतमा अध्यन गरेका मोतीरामका उर्दु,फारसी हिन्दी लगायतका भाषामा दखल हुँदा पनि नेपाली भाषा र विशेषगरी भानुभक्तका कृतिहरूप्रति समर्पणले नेपाली भाषाको दायरा फराकिलो, अझ मजबुत गरेको नेपालीपन न्यानो उद्घोष गर्दछ।
मोतीराम भट्टको सहयोगमा विसं १९४१ मा लामो समयसम्म भानुभक्तका बहुआयामिक रचनाहरू जनमानस सामु ल्याएको देखिन्छ।
भानुभक्तबाट सिक्न जरुरी छ, छरिएर रहेका भाषालाई एकसुत्रमा बाधेर नेपाली भाषाको जग बसाल्न सफल भए। आज नेपाली भाषा सबैले बुझ्न् सक्ने सरकारी कामकाजको भाषा बन्न सफल भएको देन भानु बाजेलाई जान्छ।
आज कतै बलले कतै करले त कतै चलन थाम्नकै लागि विभिन्न कार्यक्रम गरेर मनाइन्छ। भानुभक्त कसैका कुनिका एक जात धर्म समुदाय मात्रै होइनन्, उनी त नेपाली भाषा साहित्य एकताका प्रतीक हुन्। हाम्रा लवज आधार र साझा सम्पत्ति हुन्।
उनको भौतिक शरीर नरहने पनि उनले लगाएको गुन नेपाली भाषाको संस्थापक योगदान पहिलो आदिकवि हुन्। नेपाल र नेपाली शब्द चीरकाल प्रयन्त यो पृथ्वी आकाश पातल रहेसम्म लाखौं वर्ष भानुभक्त हामी माझ अमर रहनेछन्।
हामी नेपाली नेपाली बीचको एकात, एकताबद्ध गर्ने सुत्र भनेकै हाम्रो मौलिक कला, संस्कृत, भाषा,नेपालीपन नै राष्ट्रियता कडी हो। हाम्रो सनातन कला संस्कृति साहित्य आफ्नो मौलिक भाषा पूर्वजहरूको त्याग योगदान आधार मानी आपसी हित, मेलमिलाप, मायाप्रेम, भाइचारा अभिवृद्धि हुनुपर्छ।
आज राजनीतिक आस्थाका आधारमा अभिप्रेरित भएर हाम्रो नेपाली भाषालाई कमजोर पार्नेगरी आयातीत सस्तो लोकप्रियता र देखावटीपनले केही समस्य व्यवधान छन्। हाम्रा मातृभाषा फरक फरक हुनसक्छ तर राष्ट्र भाषा नेपाली हो। मुख बङ्ग्याएर मम, मदरभन्दा पहिला आमा हुन्। 'काउ' भन्दा पहिला गाई हो।
राज्यशक्तिको पहुँचमा पुगेका शासनसत्ता समालेको शासक सामन्त वर्ग होस् वा राज्यको उपल्लो निकायमा पुग्ने व्यक्तिको बोलीचालीमा जोडेर नेपाली भाषालाई त्यसैको भाषा हो हामी शासित शोषित पीडित राज्य व्यवस्था र भाषाको कारण भन्ने बुझाइ बिल्कुल गलत हो।
एकले बोकेको कुरा अर्कोलाई बुझाउने सिकाउने चिन्ने माध्यम पुल पो हो भाषा। सबैले चौतर्फी बुझ्न् र बोल्न सक्ने सरल भाषा सरकारी भाषा मान्नु बढी प्रभावकारी हुन्छ। भाषामा एकरूपता भएन भने राष्ट्रियता पनि बलियो हुँदैन।
नेपाली भाषा हाम्रो राष्ट्रिय पहिचान पनि हो। नेपाली भाषा साहित्य विकासमा हाम्रा अग्रज, साहित्यकार, आदिकवि, युग कवि, महाकवि, श्रष्टाहरू, भाषाविद्, विद्वान, खोजकर्ता, इतिहासकार, प्राध्यापक, प्रोफेसर, राज्य, विद्यालय, विश्वविद्यालय र संचार माध्यम सबैप्रति हार्दिक नमन गर्नु आदिकवि भानुभक्तप्रतिको सच्चा श्रद्धासुमन हुनेछ।
भर जन्म घाँस तिर मन् दिई धन कमायो
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो
घाँसी दरिद्र घरको तर बुद्धि कस्तो
म भानुभक्त धनी भैकन किन यस्तो
मेरा इनार न त सत्तल पाटीकै छन्
मानिस गरिब भएपनि उसको सोचाइ उच्च हुनुपर्छ। दाम कमाएर नाम कमाउन सक्दैन भने बुद्धि नभएको मानिन्छ। आफू धनी छोरा भैकन घाँसीको जति बुद्धि आफ्नो नभएको भनेर घाँसीबाट प्रेरणा लिई अर्ति मानेको र भानुभक्तले आफूलाई धिक्कार मानेका छन्।
आज नाजायज ढंगबाट सात पुस्ताका लागि पुग्नेगरी धन आर्जन गर्नेहरूलाई भानुभक्तले झापड हानेका छन्। धनले ठूलो हुन सक्दैन, भौतिक सुविधा प्राप्त होला तर आत्माशान्ति र सन्तुष्टि कदापि दिँदैन।
यो मनन गर्नु आजका भौतिकवादी अहंकारवादी चरित्र सुधार गर्न मनन योग्य छ। भानुभक्तले खाली नेपाली भाषामाथि मात्रै गुन लगाएका छैनन्, मानिसलाई मानवताको सन्देश पनि दिएका छन्।