कथा, संस्मरण, उपन्यासजस्ता बहुविधामा कलम चलाउने कुमार नगरकोटी बेला बेला लेखकका रूपमा सिनेमा र नाटकमा पनि झुल्किन्छन्।
बिहीबार उनी फेरि शिल्पी थिएटरमा नाटक ट्रान्जिटका लेखकका रूपमा आफ्नो अजिव ओ गरिब अन्दाजमा झुल्किए।
ट्रान्जिट एक मायावी नाटक हो, जसका पात्रहरू भूत, भविष्य र वर्तमानबीच 'टाइम ट्राभल' गर्छन्।
बिहीबार प्रिमियर भएको यो नाटक आज शुक्रबारदेखि सार्वजनिक मञ्चन हुँदैछ।
दिव्यदेव, आकांक्षा कार्की, शिल्पा मास्के, बासना तिमिल्सिना, मिल्सन राई आदि कलाकारहरूको प्रमुख भूमिका रहेको यो नाटक घिमिरे युवराजले निर्देशन गरेका हुन्।
यस्तै, नाटकमा देव न्यौपाने, अनुप तिमिल्सिना र सामरिक पौडेलको संगीत संयोजन रहेको छ भने प्रवीन खतिवडा र झकेन्द्र विसीले प्रकाश संयोजन गरेका छन्।
नाटक ट्रान्जिट आगामी भदौ २ सम्म हरेक साँझ ५:३० बजे नियमित मञ्चन हुनेछ।
तस्बिरहरू :