चर्चित गायक कुमः सागरले नयाँ सांगीतिक कोसेली सार्वजनिक गरेका छन्।
उनले श्री ब्रह्मायणी दाफा भजनको 'गने गुरू-गणेशपति' शीर्षकको भजन मंगलबार युट्युबमा सार्वजनिक गरेका हुन्।
नेपाली मौलिक संगीतको संरक्षण तथा प्रवर्द्धनमा सक्रिय कुमः सागरको यो भजन भगवान् गणेशको स्तुतिमा आधारित छ। परम्परागत नेवारी 'दाफा' शैली र आधुनिक ध्वनिको मिश्रण यसमा पाइन्छ।
कुम:का संगीत सिर्जनाले लोप हुने अवस्थामा पुगेको दाफा भजन संस्कृतिलाई नयाँ पुस्तामाझ परिचित गराउँदै आएको छ।
भजनमा मनोज प्रजापति, रामकृष्ण प्रजापति, रोजमान महर्जन, सन्दीप कुरूङ, प्रशान्त बासी, विकेश प्रजापति र विवेक न्हेमाको सामूहिक स्वर समेत सुन्न सकिन्छ।
भजनमा अमन मालीको बाँसुरी, रोजमान महर्जनको खिङ, रोशिक जधारीको सारंगी र प्रविन लाखजुको नगराजस्ता मौलिक बाजाको प्रयोग गरिएको छ। त्यस्तै, सुमन गैडा र रोशन बज्राचार्यको गितारले यसलाई समकालीन स्वाद दिएको छ।
अडिओलाई मिक्सिङको काम फिरोज बज्राचार्यले गरेका छन्। गायक कुमः सागरको अफिसियल युट्युब च्यानलमा भजन सुन्न सकिन्छ।
कुमः सागरको सांगीतिक व्यस्तताको कुरा गर्दा उनी यति बेला देश-विदेशका कन्सर्टमा व्यस्त छन्। यही शुक्रबार 'कुमः सागर एण्ड द ख्वप' ब्यान्डले काठमाडौं न्युरोडमा प्रस्तुति दिँदैछ।
यस्तो छ 'गने गुरू-गणेशपति'