गायक प्रेम सेनले नयाँ गीत 'म्याङ्लुङ बजार' सार्वजनिक गरेका छन्। गायिका सुनिता थेगिमसँगको आवाजमा उनले यो गीत ल्याएका हुन्।
प्रेम सेनकै प्रस्तुति रहेको गीतले पूर्वी नेपालको रमणीय तेह्रथुम जिल्लाको प्राकृतिक सौन्दर्य, स्थानीय संस्कृति सम्झाउँदै मायाप्रेम दर्शाउँछ। पूर्वी पहाडको मौलिक लोकलयमा आधारित रहेर गीत तयार पारिएको छ।
गीतमा गायक प्रेमकै शब्द तथा संगीत छ। संगीत संयोजनको काम राजु कार्कीले गरेका छन्।
यसको भिडिओमा गायक-गायिका स्वयं फिचर्ड छन्। दिनेश पराजुलीको छायांकन रहेको भिडिओलाई विकास धमलाले सम्पादन तथा रङ संयोजन गरेका हुन्।
प्रेम सेनको आफ्नै आधिकारिक युट्युब च्यानलबाट गीत सार्वजनिक गरिएको छ।
भिडिओः