साउदी अरबमा 'नेपाल म्युजिकल फेस्टिभल २०२५' हुने भएको छ।
के. आइ. ग्रुपले आगामी जुन ६ मा त्यहाँको जुबेलमा नेपाली चर्चित कलाकारहरूका साथ सांगीतिक कार्यक्रमको आयोजना गर्ने भएको हो।
नेपाली कला संस्कृतिको उत्थान तथा पाँचथर हिलिहाङ्ग गाउँपालिकाको यवा मार्गको स्तरोन्नतिका लागि कार्यक्रम गर्न लागिएको आयोजकको भनाइ छ।
संचालक श्रीप्रसाद यवाका अनुसार कार्यक्रममा नेपालका ख्यातिप्राप्त कलाकारहरू रचना रिमाल, प्रीति आले, प्रकाश दुतराज, नोगेंन लिम्बु, मधुमाया थापा मगर, सुनिता थेगिमको गायनका साथमा प्रीति पासवानको नृत्य रहने छ।
देव धिमालले कार्यक्रमको संयोजन गरेका छन्। पाँचथर जिल्ला हिलिहाङ्ग गाउँपालिकाको यवा मार्गको १० किलोमिटर बाटो आफनै ब्यक्तिगत लगानीमा बनाएका श्रीप्रसाद यवाले यस्ता कार्यक्रमहरूबाट हुने आम्दानीबाट सामाजिक कामहरू निरन्तर गरिरहेको बताए।
कार्यक्रमको टिकट त्यहाँस्थित नेपाली होटलहरूमा उपलब्ध रहेको जनाइएको छ।