सांगीतिक जोडी मेलिना मैनाली र कमल खत्री छिट्टै आमाबुवा बन्ने तयारीमा छन्।
उनीहरूले सामाजिक सञ्जाल फेसबुकमार्फत यसबारे जानकारी दिएका हुन्।
प्रेग्नेन्सी स्टोरीलाई समेटेर उनीहरूले म्युजिक भिडिओ समेत तयार पारेका छन्। 'दिन प्रतिदिन' बोलको प्रेमिल गीत शुक्रबार बिहान सार्वजनिक गरेका हुन्।
गीत सार्वजनिक गर्दै मेलिनाले लेखेकी छन्– 'एउटा मेरो मुटु धड्की रहेछ, अर्को मेरो बच्चाको मुटु धड्की रहेको छ। तिमीलाई यो संसारमा ल्याउन म निकै नै आतुर छु। अहिले म एउटा आमा बन्ने सुन्दर सौभाग्यलाई अनुभव गरिरहेकी छु। र, यो खुसी हजुरहरूलाई पनि सुनाउँदै छु।'
कमल लेख्छन्– 'जिवनका अनेक खुसीको पलहरूमध्ये एउटा खुसीको पल थपिँदै छ, छिट्टै नै हामी हाम्रो बच्चाको आमाबुवा बन्न लागेको खबर यहाँहरूलाई सुनाउन पाउँदा हामी धेरै खुसी छौँ, यहाँहरूको माया, आशीर्वाद रहिरहने अपेक्षा गर्दछौं।'
मेलिना र कमलले २ वर्षअघि विवाह गरेका थिए।