बलिउडकि ड्रिम गर्ल उपमा पाएकी अभिनेत्री हेमा मालिनीको आज जन्मदिन हो। उनी सन् १९४८ मा १६ अक्टोबरमा तामिलनाडुमा जन्मिएकी थिइन्। उनको बुवा तामिल फिल्मका निर्माता थिए। उनले सन् १९६३ मा बलिउडमा फिल्म 'सपनोका सौदागर' बाट डेब्यू गरेकी थिइन्। त्यसबेला उनी जम्मा १६ वर्षकी थिइन्।
उनले बलिउडमा एक समय राज गरेकी थिइन्। तर उनको जीवनको कथा भने कुनै फिल्मी कथा भन्दा कम छैन।
ड्रिम गर्ल हेमा मालिनी, अभिनेता जीतेन्द्र र धर्मेन्द्रको निकै नै चाखलाग्दो प्रेम कथा छ। 'हेमा मालिनी र जीतेन्द्रको विवाह हुनै लागेको थियो तर हेमा मालिनीले विवाहको मण्डपमा जीतेन्द्रलाई छाडेकी थिइन्। होइन् तर जीतेन्द्रप्रति सहानुभूति राख्नु पर्ने आवश्यकता छैन किनकी जीतेन्द्र धोकेबाज प्रकारका मानिस थिए। उनीसँग यस्तै हुनुपर्ने थियो। त्यहीँ विवाहित र दुई बच्चाका पिता धर्मेन्द्र हेमाको अगाडि राम्रो मानिस देखिएका थिए।'यो चाखलाग्दो कथा भारतको पत्रिका हिन्दुसतान टाइम्समा छापिएको थियो जुन हेमा मालिनीको बायोग्राफीको पनि हिस्सा हो।
वास्तवमा हेमा मालिनी र जीतेन्द्रको यो विवाहको कथा कुनै फिल्मको कथा भन्दा फरक छैन। तर हेमा मालिनी धर्मेन्द्रको प्रेममा पागल थिइन्।
जीवनमा पहिलोपटक हेमाले आफ्नो सम्बन्धको बारेमा आमाबुवालाई लुकाएकी थिइन्। आमाबुवालाई ढाँटेर उनी धमेन्द्रलाई भेट्न जान्थिन् र धमेन्द्रलाई भेट्न उनी जे पनि गर्न तयार थिइन्।
हेमा मालिनीको आमालाई छोरी र धर्मेन्द्रको प्रेम बारेमा पत्ता लागेपछि अवस्था निकै नाजुक बन्न पुग्यो।
जब एक दिन हेमा दिनभर हराएर राति घरमा आइन् तब उनको परिवार अलि शान्त भयो। त्यसदिन देखि उनको परिवारले हेमामाथि कडा निगरानी राख्न थाल्यो। यसकारण हेमा मालिनी धर्मेन्द्रसँग फिल्मको शेटमा मात्र भेट्न सक्थिन्। यो उनको लागि खुसीको कुरा नै थियो किनकी उनीहरु साथमा धेरै फिल्म गर्दैथिए।
तर हेमाको आमाले हेमाको विवाह अब छिट्टै गर्नुपर्ने आवश्कता ठानिन्। उनी हेमाको लागि केटा खोज्ने क्रममा जीतेन्द्रसम्म पुगेर रोकिइन्।
त्यसबेलासम्म हेमा र जीतेन्द्रले सँगै दुई वटा फिल्ममा काम गरेका थिए। दुईबीच राम्रो सम्बन्ध थियो र उनीहरुको जोडीलाई सबैले प्रशंसा गरेका थिए। जीतेन्द्र पनि हेमाको प्रेममा पागल थिए। जीतेन्द्र आफैँ हेमाको पछि लागिरहेका हुन्थे।
जीतेन्द्रको कुरा हेमा मालिनीले मानिनन् र उनीहरु साथीमै सिमित भए। तर उनीहरुको मित्रताको सम्बन्ध भने निकै मजवुत थियो।
धर्मेन्द्रले भने जीतेन्द्रमाथि निकै शंका गर्थे। एकदिन हेमा र जीतेन्द्र शुटिङ गरिरहेको बेला धर्मेन्द्रले हेमाको हात तान्दै त्यहाँबाट लगेको किस्सा आज पनि बलिउडमा उस्तै छ। जुन दृश्य हेर्नु बाहेक जीतेन्द्रसँग केही विकल्प थिएन।
उता हेमा मालिनीको आमाले उनको विवाहको तयारी शुरु गर्न लागेकी थिइन्। हेमाले जीतेन्द्रको आमावुवासँग पनि भेटिन् र जीतेन्द्रको परिवारले पनि विवाहको स्वीकृती दियो। यो विवाहको लागि हेमाको परिवार निकै उत्साहित थिए।
जीतेन्द्रको एक साथीले दिएको बयानमा जीतेन्द्रले हेमासँग र हेमाले जीतेन्द्रसँग प्रेम नगरेपनि उक्त विवाह परिवारको लागि गर्न लागिएको जीतेन्द्रले स्वीकार गरेका थिए।
जीतेन्द्रले यसबारे आफुलाई कुनै आपत्ति नभएको भनी विवाहको लागि राजी भएका थिए। किनकी उनले हेमा मालिनीलाई राम्रो केटी भएको बताउँदै आएका थिए।
जानकारका अनुसार जीतेन्द्र र हेमाको विवाह सम्झौता र समझदारीमा मात्र सिमित थियो। यो समझदारी सकेसम्म छिटो सम्पन्न गर्ने मुडमा जीतेन्द्र थिए।हेमा र जीतेन्द्रको परिवार कुनै समस्याको सामना गर्न चाहँदैनथे। उनीहरुले त्यो विवाह सुटुक्क कसैलाई जानकारी नदिइ गर्न चाहन्थे। त्यसकारण उनीहरुको दुई परिवार रातारात मद्रास गए।
तर कुनै एक अखबारलाई उक्त खबर थाहा भएपछि रातीको एडिसनमा विवाहको खबर छापियो।
पत्रिकाको खबरले उता धर्मेन्द्र आश्चर्यमा परे। जीतेन्द्रको पनि एक एयरहोस्टेज प्रेमीका थिइन् जो यस खबर बारे बेखर थिइन्। धमेन्द्रले सो सब खबर बुझेर जीतेन्द्रकी प्रेमीकाको घर पुगे। दुवै मिलेर मद्रास पुगे।
मद्रासमा अब के हुनु थियो? उनीहरु पुगेपछि त्यहाँ कुनै फिल्मी दृश्य भन्दा केही कम भएन।
विवाहको तयारी भइरहेको मण्डपमा दुलही, दुलहीको ब्वायफ्रेण्ड, दुलाहा र दुलाहाको गर्लफ्रेण्डको आमना सामाना हुन पुग्यो। धर्मेन्द्रलाई देखेपछि हेमाको बुवाले धर्मेन्द्रलाई धकलेर बाहिर निकाले।
धर्मेन्द्रले हेमासँग एक्लै गफ गर्न अनुमति मागे। तर उनको कुरा कसैले सुनेनन्। धर्मेन्द्रले निकै आग्रह गरेपछि उनले हेमासँग केही समय गफ गर्न अनुमति पाए।
हेमाको परिवार, जीतेन्द्रको परिवार र विवाह गर्न आएका रजिस्टार उनीहरुको गफ सकिने पर्खाइमा थिए।
धर्मेन्द्रले हेमासँग यति ठुलो गल्ती नगर भन्दै रुन थाले। त्यहीँ जीतेन्द्रको परिवार पनि विवाह अहिल्यै हुनपर्ने नत्र कहिल्यै नहुने धम्की दिन थाले।
उता जीतेन्द्रको गर्लफ्रेण्डले उनीसँग सोधिन् की 'यो सब के भइरहेको छ?' जीतेन्द्रले जवाफमा उनीसँग विवाह नगरि हेमासँग विवाह गर्ने भन्दै आफनो सम्बन्ध तोडिदिए।
जब धर्मेन्द्रसँग गफ गरेर हेमा बाहिर आइन्। तब सबैजना उनको कुरा सुन्न आतुर थिए। तर हेमाले विवाह टाल्न अनुरोध गरिन्। हेमा र जीतेन्द्रको परिवारले विवाह अहिल्यै गर्ने अड्डी लिन थाले। अनि हेमाले पनि विवाहको लागि अस्वीकार गरिन्। त्यसपछि जीतेन्द्र त्यहाँबाट दाँत किट्दै बाहिरीए।
त्यसको केही समयपछि हेमा र धर्मेन्द्रले विवाह गरे।
विवाहित र दुई बच्चाको बुवा धर्मेन्द्रले हेमालाई पाउन आफ्नो धर्म नै बदल्नुपरेको थियो। अहिले उनीहरुको दुई छोरी छन्।