सञ्जय लिला भन्सालीको फिल्म 'पद्मावती'ले यतिबेला बलिउडमा निकै चर्चा पाएको छ। फिल्मको फस्ट लुक र ट्रेलर सार्वजनिक भएपछि यसले चारैतिरबाट राम्रो प्रतिक्रिया पाउन थालेको छ।
सार्वजनिक ट्रेलरमा सुन्दर दृश्य, सुन्दर कपडा, आभुषणलाई भव्यताको साथ देखाइएको छ। जसले फिल्म प्रेमीको प्रतिक्षालाई झन् उत्साहित बनाएको छ।
ऐतिहासिक फिल्मको ट्रेलरले पाएको राम्रो प्रतिक्रियाले 'पद्मावती'अभिनेत्री दीपिका पादुकोण खुसी भएकी छन्।
उनले राम्रो प्रतिक्रियाको लागि शुभचिन्तकप्रति आभार व्यक्त गर्दै आफु निकै उत्साहित भएको बताएकी छन्।
भारतीय सञ्चारमाध्यमले जनाएअनुसार 'पद्मावती'मा रानीको पहिरनमा सजिएकी रानीले ३५ किलो भन्दा बढी वजनको कपडा र आभूषण लगाएकी छन्। उनले लगाएको लेहेंगाको तौल नै २० किलोको छ। र उनको लेहेंगाको आँचलको वजन नै ४ किलोको छ।
साथै उनले ११ किलोको आभूषण लगाएकी छन्। उनी रानीको अवतारमा पूर्ण रुपमा सजिन ३५ किलोको वजन शुटिङको लामो समयसम्म उठाउनु पर्थ्यो। यति मिहेनतपछि मात्र उनले पूर्ण रुपमा रानीको अवतारमा आफूलाई उतारेकी हुन्।
यसअघि दीपिकाले फिल्म 'रामलिला'मा पनि वजनदार पहिरन लगाएकी थिइन्।
भारतीय फिल्ममा वजनदार पहिरन र आभूषण लगाउने अभ्यास भने पुरानो हो। यसअघि फिल्म 'देवदास'को एक गीतमा अभिनेत्री माधुरी दीक्षितले ३० किलो वजनको कपडा लगाएकी थिइन्।
रिंपल र हरप्रित नरुलाले तयार गरेको दीपिकाको पहिरन देख्दा गर्हुँगो भएपनि हलुको भएको डिजाइनरले बताएका छन्। उनीहरुले कपडामा कार्वोनिक प्रयोग गरेर हलुका बनाएको स्पस्ट पारेका छन्।
फिल्म ‘पद्मावती’मा अभिनेत्री दीपिका पादुकोनले चित्तौढकी रानी पद्माको भूमिका निर्वाह गरेकी छन्।
रणवीर सिंह, दीपिका पादुकोण र शाहिद कपूरको अभिनयले सजिएको फिल्म भारतको राजपूतको वीरताको कहानीमा आधारित छ।
फिल्ममा रनवीर सिंहले अलाउदिन खिलजीको भूमिका निभाएका छन् भने शाहिद कपुर रानी पद्मावतीको श्रीमान राजा रनतसिंहको भुमिकामा छन्।
अलाउद्दीन खिलजी र पद्यमावतीको प्रसंग सूफी कवि मल्लिक मुहम्मद जायसी ले शासुरीको काल १५४० मा लेखेका थिए। कथाका अनुसार अलाउद्दीन रानीलाई मन पराउँथे र उनलाई हाँसिल गर्न उनले चित्तौडगढमा हमला गरेका थिए। तर उन रानी जीवीत हुँदासम्म सफल भने हुन सकेनन्।
दीपिका र रणवीरसँग तेस्रो पटक काम गरेका निर्देशक भन्सालीले रणवीरो प्रशंसा गर्दै दुवैजना निकै क्रेजी र ट्यालेण्ट भएको बताएका थिए। उनीहरुले फिल्मको लागि निकै बलिदान र लडाई गरेको भन्सालीले बताए। रणवीर र दीपिका फिल्म 'राम लीला', 'बाजीराव मस्तानी'मा सँगै काम गरेका थिए। यो फिल्मबाट यी जोडीको लोकप्रियता बढेको थियो।
दीपिका र रनवीर वास्तविक जीवनमा प्रेममा छन्। उनीहरुको जोडीलाई फेरी फिल्ममा हेर्न दर्शकहरु निकै आतुर छन्।
फिल्म १ डिसेम्बरमा रिलिज हुनेछ।