बलिउड अभिनेत्री कंगना रनावतको फिल्म 'सिमरन' हालै रिलिज भएको छ। तर उनको फिल्मले अहिले खासै राम्रो प्रतिक्रिया पाएको छैन। उनले यही फिल्मको प्रचारको लागि आफ्नो व्यत्तिगत जीवनका सबै पोल एक कार्यक्रममा खोलेकी थिइन्।
कंगनाले आफ्नो प्रेमीहरु अभिनेता ऋतिक रोशन, अध्ययन सुमन, आदित्य पंचोली सबैसँगको सम्बन्धको बारेमा खुलेर कुरा गरेकी थिइन्। उनले त अभिनेता ऋतिक रोशनलाई विहेको वाचा गरेर भागेको आरोप समेत लगाएकी थिइन्।
अब उनको फिल्म 'सिमरन'ले सोचेको जति राम्रो प्रतिक्रिया नपाएपछि अर्को फिल्म 'लखनउ सेन्ट्रल'ले राम्रो प्रतिक्रिया पाउन थालेको छ।
हालै ऋतिक रोशनले अभिनेता फरहान अख्तरलाई 'लखनउ सेन्ट्रल'को लागि बधाई दिएका छन्। उनले फरहानलाई शुभकामना दिँदै राम्रो समिक्षा आएकोमा बधाई पनि दिएका छन्।
ऋतिकले सामाजिक सञ्जालमा फरहानलाई बधाईदिएपछि समाजिक सञ्जाल प्रयोगकर्ताले कंगनाको फिल्मको खिल्ली उडाउँदै फरहानलाई बधाई दिएको अड्कल थापेका छन्।
अहिले सामाजिक सञ्जालमा ऋतिकको ट्वीट भाइरल हुँदै गएको छ र सामाजिक सञ्जाल प्रयोगकर्ता यसको मजा लिइरहेका छन्।
ऋतिक र कंगनाबीचको इमेल लिक भएपछि विवाद चुलिएको थियो। यो जोडीले एकअर्कालाई अदालतको नोटिस पनि पठाइसकेका छन्।
कंगनाले ऋतिकको खुलेर विरोध गरेपनि ऋतिकले भने अप्रत्यक्ष रुपमा कंगनाविरुद्द बोल्ने गरेका छन्।