बलिउड अभिनेत्री कृति सेनन हिजो आज आफ्नो सफलताको मजा लिइरहेकी छन्। हालै कृतिको 'फिल्म बरेलीकी बर्फी'ले बक्स अफिसमा राम्रो व्यपार गरेको छ। फिल्मले राम्रो कमाइ गरेको छ। फिल्ममा कृतिको अभिनयको पनि निकै प्रसंसा भएको थियो। उनलाई अब बलिउडमा टिक्न झनै सजिलो भएको छ।
खबरका अनुसार कृतिले एक फिल्ममा अभिनेत्री तपसी तन्नुलाई रिप्लेस गरेकी छन्। एक फिल्ममा तपसीको भूमिकामा कृतिलाई छानिएको भारतीय साञ्चारमाध्यमले जनाएका छन्।
खासमा स्पेनिस थ्रिलर फिल्म 'द इनिभिजिवल गेस्ट'को हिन्दी रीमेकमा पहिला जोन अब्राहम र तपसी पन्नुलाई फाइनल गरिएको थियो। तर अब तपसीको साटो कृति सेननले उक्त भूमिका पाएकी छन्।
स्रोतका अनुसार फिल्ममा जान अब्राहम इन्टरटेनमेन्ट, क्रिअर्ज एन्टरटेनमेन्ट र सुनिर खेतरपाल मिलेर निर्माण गर्न लागेका छन्। सुनिरले तपसीलाई फाइनल गरेका थिए। फिल्मको सबै अधिकार सुनीरसँग छ। जोन पनि सुनीरसँग फिल्म 'रकी हेन्डसम'मा काम गरिसकेका छन्।
तर जब क्रिअर्ज इन्टरटेनमेन्टको प्रोजेक्टमा प्रवेश भयो अनि अभिनेत्रीलाई लिएर विचार विमर्श भएको थियो। त्यसपछि कृतिलाई तपसीको भुमिकामा फाइनल गरिएको छ।
कृति यसअघि पनि क्रिअर्ज इनटरटेनमेन्टसँग फिल्म बरेलीकी बर्फीमा काम गरीसकेकी छन्। जे भएपनि अब कृतिले तपसीको एउटा फिल्म आफ्नो हात पारेकी छन्। अहिले तपसी भने फिल्म 'जुडवा'को प्रचारमा व्यस्त छिन्।