बलिउड अभिनेता सलमान खान विरुद्द हरिणको सिकार गरेको मुद्दाको अदालतमा अन्तिम सुनुवाई सुरु भएको छ। सन् १९९८ मा फिल्म 'हम साथ साथ है' को शुटिङको समय सलमान विरुद्द हरिणको सिकार गरेको मुद्दा परेको रिटमाथि बुधबार बहस सुरु भएको हो।
अदालतमा विपक्षीले सलमान खानले हरिणको सिकार गरेको पुनमचंदले बयान दिएको र उसले अदालतमा पनि स्वीकार गरेको बताएका थिए। तर समय अभावका कारण बहस लामो समय चल्न सकेन र अब यो बहस १६ सेप्टेम्बरमा हुनेछ।
१९ वर्ष पहिला फिल्मको शुटिङको समय फिल्म स्टार तब्बू, सोनाली बेन्द्रे सहित अन्य कलाकारलाई मिडियामा प्रकाशित समाचार अनुसार हरिण मारेको आरोप लागेको थियो। त्यसपछि वन विभागको माध्यमबाट प्रहरीले सलमान र अन्य कलाकार विरुद्द अदालतमा ४ वटा मुद्दा दायर गरेका थिए।
सलमानलाई २ मुद्दामा सजाय पनि भएको थियो तर उच्च अदालतमा दायर गरेको अपिलमा उनी रिहा भए। त्यसपछि हतियार राखेको विषयमा परेको मुद्दामा पनि उनकै पक्षमा निणर्य भएको थियो। उनीमाथि अदालतलाई झुक्याएको मुद्दा पनि दायर भएको थियो।
१९ वर्षदेखि सलमानको मुद्दाले किनारा पाउन सकेको छैन।