भारतको सीमा जम्मु कश्मीरमा ढुङ्गा हानहान गर्ने प्रवृति र युवाहरु आतंकी संगठनमा प्रवेश गर्ने काम रोक्न मोदी सरकारले नयाँ योजना ल्याएको छ। त्यहाँका मानिसहरुलाई मुलधारमा ल्याउन र शान्तिपुर्ण माहोल बनाउन केन्द्र सरकारले टीभी च्यानल डीडी कशीरमा आमिर खानको फिल्म 'दंगल' र सलमान खानको 'बजरंगी भाईजान' जस्ता फिल्म देखाइने भएको छ। यी दुई फिल्मलाई राष्ट्रवाद र देशप्रेमका संदेश दिने कारण निकै रुचाइएको छ।
मिडिया रिपोर्टका अनुसार डीडी कशीरलाई कायापटल गर्न ६४ करोड भन्दा बढी रुपैयाँ खर्च गर्ने जनाइएको छ। यो च्यानलमा कश्मीरका दर्शकका लागि विषेश रुपमा तयार पारिएको कश्मीरी कौन बनेगा करोडपति र एउटा सांगीतीक रियालिटी शो प्रसारण हुनेछ। भारतीय गृहमन्त्री राजनाथ सिंहको कश्मीर भ्रमणपछि सोमबार च्यानलको प्रसारण सुरु गरिनेछ।
प्रसार भारतीका अधिकारीले बताएअनुसार गृह मन्त्रालयको पहमा यो प्रोजेक्टमा महिनौंदेखि काम सुरु भएको थियो। मन्त्रलयका वरिष्ठ अधिकारीले जनाए अनुसार यस कार्यक्रमको उदेश्य दर्शकलाई मनोरन्जन र सिमाको मानिसालाई पनि ध्यान दिइन्छ भनेर सन्देश दिने हो।
कश्मीरको संस्कृतिमा संगीत एक महत्वपुर्ण स्थान भएकाले एउटा रियालीटि ट्यालेण्ट शो पनि बनाउने योजना बनेको छ।
डीडी कशीरको शुरुवात कश्मीरी संस्कृतिलाई बढावा दिने र पाकिस्तानी दुस्प्रचारको सामना गर्न बनाइएको थियो। यस च्यानलले पछिल्लो केही वर्षयता कुनै सांगीतीक कार्यक्रम बनाएको छैन। अहिले यस च्यानलले समाचार, अन्तर्वार्ता र शैक्षिक शो प्रसारण गर्छ। सन् २००० मा यस च्यानलको प्रसारण शुरु भएको थियो।