स्टारहरू हामीले बाहिर जति देख्छौं त्यति शारीरिक रूपमा तन्दुरूस्त हुँदैनन्। सुपर फिट देखिने स्टारहरू पनि बिरामी पर्न सक्छन्।
भर्खरै क्यानडियन गायक जस्टिन बिबरले आफू 'राम्से हन्ट सिन्ड्रोम'बाट ग्रसित भएको बताएका छन्। शुक्रबार उनले इन्स्टाग्राम पेजबाट आफू 'राम्से हन्ट सिन्ड्रोम'बाट ग्रसित भएको र अनुहारको आधा भागमा प्यारालाइसिस भएको जानकारी दिएका हुन्।
बलिउडमा पनि धेरै यस्ता कलाकार छन् जो विभिन्न रोगले ग्रसित छन्।
यसअघि बलिउड अभिनेत्री महिमा चौधरीले आफ्नो रोगको बारेमा सबैसामू कुरा गरेकी थिइन्। कतिले लुकाउँछन् केहीले खुलाउँछन्। गम्भीर रोग लागेका कतिपय कलाकार निको भइसकेका छन्। कोही अझै रोगसँग लडिरहेका छन्।
यी हुन् गम्भीर रोगको चपेटामा परेका केही स्टारहरू यो सूचीमा धेरै ठूला नाम सामेल छन्। यसमा अमिताभ बच्चनदेखि सलमान खानसम्मका नाम छन्। हेरौं बलिउड लाइफले तयार पारेको सूची--
सलमान खान
तपाईले सधैं सलमान खानलाई तन्दुरूस्त देख्नु भएको होला। तर उनलाई ट्राइजेमिनल न्यूराल्जिया नामक रोग लागेको छ। जसका कारण उनी पटक पटक पीडित भएका छन्।
ऋतिक रोशन
सधैं जिममा समय बिताउने ऋतिक रोशनको नाम पनि यो सूचीमा परेको छ। शरीर सधै फिट राख्न रूचाउने उनलाई स्कोलियोसिस भन्ने रोग लागेको छ। जसका कारण उनी कुनै समय राम्ररी बोल्न सक्दैनन्।
सोनाली बान्द्रे
बलिउडकी चर्चित अभिनेत्री सोनाली बान्द्रे सन् २०१८ मा क्यान्सरको शिकार भएकी छिन्। तर अहिले उनी पूर्ण रूपमा ठिक भइसकेकी छिन्।
अमिताभ बच्चन
यो उमेरमा पनि अमिताभ बच्चन निकै सक्रिय छन्। आफूलाई फिट राखेका छन्। तर भारतीय मिडिया रिपोर्टका अनुसार अमिताभलाई पनि एक पटक क्षयरोग लागेको थियो।
सामन्था रुथ प्रभु
दक्षिण भारतीय अभिनेत्री सामन्था रूथ प्रभु पोलिमोर्फ्स लाइट इरप्सन नामक रोगबाट पीडित भएकी छिन्। यो एक प्रकारको छालाको एलर्जी रोग हो। यसका कारण उनी कयौं पटक पीडित भएकी छन्।
महिमा चौधरी
महिमा चौधरीलाई पनि क्यान्सर भएको थियो। उनका तस्विरहरु सामाजिक सञ्जालमा निकै भाइरल भएका छन्। तर अहिले उनको अवस्था ठीक छ।
*यसअघि जस्टिन बिबर पनि बलिउड कलाकारको सूचीमा परेकोमा सच्याइएको छ।