पछिल्लो समय फिल्म ‘पृथ्वीराज’ का कारण अक्षय कुमार चर्चामा छन्। उनले यस फिल्मका लागि सञ्जय दत्तले भन्दा १२ गुणा बढी पारिश्रमिक लिएका छन्।
वर्ष २०२२ को प्रतीक्षित फिल्म मध्येको एक ‘पृथ्वीराज’ मा अक्षय कुमार र सञ्जय दत्तका अलवा पूर्वमिस वर्ल्ड मानुषी छिल्लरको पनि मुख्य भूमिका रहेको छ।
मिडिया रिपोर्टअनुसार ३ सय करोड भारतीय रुपैयाँको ‘बीग बजेट’ मा बनेको यस चलचित्रमा अक्षय कुमारले ६० करोड भारतीय रूपैयाँ पारिश्रमिक लिएका छन् ।
सञ्जय दत्तले ५ करोड भारतीय रुपैयाँमात्रै लिएको भारतीय पत्रिका दैनिक भाष्करले जनाएको छ।
चलचित्रमा मानुषीले १ करोड र सोनू सूदले ३ करोड भारतीय रुपैयाँ पारिश्रमिक लिएका छन्।
सम्राट पृथ्वीराज चौहानको जीवन र प्रेमको विषयमा बनेको फिल्ममा ११९१ देखि ११९२ मा पृथ्वीराज चौहान र मोहम्मद गौरीको बीचमा भएको ताइ नको युद्धका झलक समेत समेटिएका छन् । फिल्मलाई डाक्टर चन्द्रप्रकाश द्विवेदीले निर्देशन गरेका हुन्।
कोभिड–१९ महामारीका कारण फिल्मको प्रदर्शन मिति पटक–पटक सरेको थियो। सन् २०२०मा रिलिज हुने भनिएको फिल्म आगामी जुन ३, २०२२ मा रिलिज हुनेछ।