सन् २०१७ मा बलिउडले धेरै राम्रा कलाकार गुमाएको छ। सात महिनामा बलिउडका ७ कलाकारको मृत्यु भएको छ। ती कलाकार मध्ये ५ कलाकार सलमान खानको विषेश नजिकका थिए।
सन् २०१७ मा सलमानले गुमाएका यी पाँच बलिउड कलाकार।
इन्दर कुमारइन्दर कुमारको ४५ वर्षको उमेरमा २८ जुलाईमा निधन भयो। उनले सलमानको फिल्म 'वान्टेड'मा सँगै काम गरेका थिए। यी बाहेक सलमानसँग इन्दर कुमारले अन्य दुई फिल्ममा पनि काम गरेका छन्। इन्दरलाई सलमानले आफ्नो भाई जस्तै मान्थे। इन्दरको करिअरको लागि सलमानले इन्दरलाई धेरै फिल्ममा काम दिएका थिए।
रिमा लागूसन् २०१७ को मे २८ मा अभिनेत्री रिमा लागुको ह्दयघातको कारण निधन भयो। उनलाई सलमान खानको आमा भनेर बलिउडमा चिनिन्थ्यो। रिमाले सलमानको प्रायः फिल्ममा आमाको भूमिकामा खेलेकी छन्। फिल्म ‘हम साथ साथ है’ मा आमाछोराको भूमिकामा सलमान र रिमा देखिएका थिए। रियल लाईफमा पनि रिमालाई सलमानले आफ्नै आमाको दर्जा दिएका थिए। रिमाले पनि सलमानालाई आफ्नो फेवरेट छोरा बताएकी थिइन्। रिमाको निधनमा सलमान निकै दुखी भएको उनले बताएका थिए।
विनोद खन्नाबलिउड अभिनेता विनोद खन्नाको मृत्यु रगतको क्यान्सरको कारण २७ अप्रिल २०१७ मा भएको थियो। सलमानको फिल्म 'दबंग' र 'दबंग २' मा विनोद खन्नाले सलमानको बुवा बनेर खेलेका थिए।
आफ्नो फिल्म 'ट्युवलाईट'को ट्रेलर लन्चको समयमा सलमानले विनोद खन्नालाई सम्झेका थिए। उनले विनोदलाई निकै राम्रो व्यक्ति र आफ्नो हिरो बताएका थिए। सलमानले विनोदले विचमै छाडेर जाँदा आफु निकै दुखी भएको र उनलाई सधैं सम्झने बताएका थिए।
ओम पुरीसन् २०१७ को जनवरी ६ मा बलिउड अभिनेता ओम पुरीको निधन भयो। सलमान खानले फिल्म 'बजरंगी भाईजन' र 'ट्युवलाईट'मा ओमपुरीसँग काम गरेका थिए। ओम पुरीको निधन भएको ६ महिनापछि फिल्म 'ट्युवलाईट' रिलिज भएको थियो। फिल्मको रिलिजको समयमा सलमान खानले आँसु झार्दै ओम पुरीलाई सम्झेका थिए।
असीब रिजवीफिल्म निर्माता असीब रिजवीको जनवरी १ मा इस्तानवुलको एक नाइट क्लबमा भएको आतंककारी हमलामा मृत्यु भएको थियो। उनी सलमान खानको खास मित्र थिए।