यस वर्ष आमिर खान र सलमान खानले फिल्मको चरित्रलाई न्याय दिन वजन घटाउने-बढाउने काम गरे। सलमानले 'सुलतानका लागि र आमिरले 'दंगल'का लागि आफ्नो तौललाई घटाए र बढाए पनि। 'दंगल'का आमिरले खान ६८ किलोको शरिरलाई ९० किलो बनाएका थिए। उता सलमान खान भने सुल्तानको चरित्रका लागि मोटो शरिर चाहिने भएकाले मोटाउने खानेकुराहरु खाए। चिकित्सकहरुका अनुसार यसो गर्नु घातक हुन्छ । शरिरको वजन घटाउनु-बढाउनुलाई चिकित्सकहरु शरिरसँगको खेलबाडको रुपमा लिन्छन् । यसो गर्दा हार्मोनमा परिवर्तन आउँदा जस्तोसुकै अवस्था पनि भोग्नु पर्ने हुन्छ ।
सो बिजको क्षेत्रमा काम गर्नेले यस्ता चुनौतिलाई पार गरेर सबैका अगाडी आफूलाई प्रमाणित गर्न चाहन्छन् । नेपाली फिल्म क्षेत्रमा यस्तो ट्रेन्ड नचलिसके पनि हलिउड र बलिउडमा चरित्रलाई न्याय दिन जस्तोसुकै जोखिम मोल्ने कलाकार प्रशस्तै छन्। कतिले त यसो गर्दा ज्यानै गुमाउनु परेको छ। यस्तो गर्दा ज्यान गुमाउने बलिउड कलाकारसहित फिल्मका लागि तौल घटबढ गराउने सेलिब्रेटीहरुको सूची यस्तो छ:
आरथी अग्रवालः यसै वर्षको जुन महिनामा दक्षिण भारतीय अभिनेत्री ज्योतिले आफ्नो मोटो शरिरलाई स्लिम बनाउन लिपोलक्सन सर्जरी गराएकी थिइन् । सर्जरी फेल भएपछि ३० वर्षिय ज्योतिले अकालमै ज्यान गुमाउनु पर्यो।
राकेश दीवानाः गत वर्ष अप्रिल महिनामा बलिउड टिभि अभिनेता राकेश दीवानाको ज्यान पनि तौल घटाउने क्रममा गएको थियो। तौल घटाउन सर्जरी गराएपछि रक्तचाप ठिक नभएपछि उनको मृत्यु भएको थियो। रामायण, राउडी राठोर, डबल धमालजस्ता फिल्ममा उनले अभिनय गरेका थिए।
प्रियंका चोपडाः प्रियंका पहिले गुण्डेमा देखिँदा स्लिम थिइन्। पछि मेरी कोमका लागि उनले तौल बढाउन ठूलो कसरत गर्नु प¥यो । दिल धडक्ने दोका लागि उनी फेरी स्लिम भइन्।
ऋतिक रोशनः काइट्स फिल्ममा सिक्स प्याक बनाएका ऋतिक गुजारिशमा मोटो शरिरमा देखिएका थिए। क्रिसमा उनी फेरी पहिलेकै रुपमा देखिए।
विद्या बालनः डर्टी पिक्चर हेर्नले विद्याको तारिफ गर्न छुटाउँदैनन्। उनले सो फिल्मका लागि १२ किलो तौल बढाएकी थिइन् । उनले चरित्रका लागि यसो गर्नु जरुरी थियो भनेकी थिइन् ।
ऐश्वर्या रायः ऐश्वर्या तौल घटाउने बढाउनमा छुट्ने कुरै भएन। बच्चा जन्मिइसकेपछि बढेको शरिरलाई मेन्टेन गर्दै उनी जज्बामा देखिएकी छिन् । उनले उमराव जान फिल्ममा तौल बढाएकी थिइन् । धुम २ का लागि भने घटाउनु परेको थियो।
भूमी पेड्नेकरः यसै वर्ष रिलिज भएको फिल्म ‘दम लगाके हैंसा’ मा बाट डेब्यु गरेकही अभिनेत्री भूमीको तौल पहिला ६० किलो थियो। फिल्मका लागि उनले थप २५ किलो बढाएकी थिइन्।