बलिउड अभिनेता गोविन्दा फेरि अस्पताल भर्ना भएका छन्।
शनिबार एक क्याम्पियन गर्दै गर्दा उनको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो। भारतीय सञ्चारमाध्यम आजतकका अनुसार उनको छातिमा दुखाइ भएको छ।
उनलाई १ अक्टोबरमा खुट्टामा गोली लागेर अस्पताल भर्ना गरिएको थियो। आफ्नो लाइसन्स प्राप्त रिभल्भर सफा गर्दै गर्दा अचानक बन्दुक हातबाट खसेर फायर भएको थियो। त्यतिबेला उनी ३ दिनपछि अस्पतालबाट डिस्चार्ज भएका थिए।