कमेडी फिल्म 'धमाल ४' बन्ने भएको छ।
फिल्मका निर्माता तथा अभिनेता जावेद जाफरीले फिल्मको चौथो पार्ट बन्ने जानकारी दिएका हुन्। उनले भारतीय समाचार एजेन्सी एएनआईसँग कुराकानी गर्दै भने, 'हजुर, धमाल ४ आउँछ। हामी यसको तयारीमा लागेका छौं। आशा छ कि यो फिल्मको अर्का वर्ष छायांकन सुरू हुनेछ। धमाल ४ मा तपाईहरूले शानदार तरिकाको कमेडी देख्न सक्नुहुन्छ।'
यो फिल्म २०२६ मा रिलिज हुने बताइएको छ। इन्दर कुमारले निर्देशन गरेको फिल्म 'धमाल' को पहिलो पार्ट २००७ मा प्रदर्शन भएको थियो। त्यसपछि सन् २०११ मा दोस्रो र सन् २०१९ मा तेस्रो पार्ट प्रदर्शन भएको थियो।
तेस्रो पार्टमा अजय देवगन, माधुरी दीक्षित र अनिल कपूर जस्ता कलाकार अनुबन्धित भएका थिए। तर चौथो पार्टमा उनीहरू हुने वा नहुने भनेर खुलासा गरिएको छैन।