'केजीएफ' निर्देशक प्रशान्त नील निर्देशित फिल्म 'सलार' ले बक्स अफिसमा राम्रो कमाइ गरेको थियो।
'सलार' ले बक्स अफिसमा राम्रो कमाइ गरेसँगै दोस्रो पार्टको घोषणा गरिएको थियो। फिल्ममा अभिनेता प्रभासको मुख्य भूमिका रहने छ। यसैबीच फिल्ममा कोरियाली अभिनेता अनुबन्धित भएको खबर बाहिरिएको छ।
भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार फिल्ममा दक्षिण कोरियाली अभिनेता डोंग-सेओक अर्थात डन ली अनुबन्धित भएका हुन्। उनले आफ्नो इन्स्टाग्राममा एक स्टोरी राख्दै फिल्ममा अनुबन्धित भएको जानकारी दिएका हुन्। तर निर्माण टिमले आधिकारिक जानकारी दिएका छैनन्।
प्रशान्त नीलले निर्देशन गरेको फिल्म 'सलार' मा प्रभाससँगै श्रुति हासन, जगपति बाबु, टीनू आन्नद, पृथ्वीराज सुकुमारनलगायत कलाकारको अभिनय छ।