बलिउडको बक्स अफिसमा राम्राे व्यापार गर्न सफल भएको फिल्म 'गदर २' हो।
फिल्मका निर्देशक अनिल शर्माले फेरि नयाँ फिल्म ल्याउँदैछन्। यो फिल्मबाहेक उनले धेरै फिल्म निर्देशन गरिसकेका छन्। उनी नयाँ फिल्मको लागि उत्साहित देखिएका छन्। उनले सामाजिक संजालमार्फतको फिल्मको नामसहित कास्ट पनि खुलासा पारेका छन्।
उनले फोटो सेयर गर्दै लेखेका छन्, 'गदर २ पछि काशी विश्वनाथसँग नयाँ यात्रा सुरू गर्दैछु।' फिल्मको नाम 'जर्नी' राखिएको छ।
फिल्मको नामको उद्घाटनको लागि उनी धार्मिक स्थल काशी विश्वनाथ पुगेका थिए। यो फिल्ममा तीर्थ स्थलबाट घरसम्मको यात्रालाई देखाइनेछ। फिल्मको मुख्य पात्र अभिनेता नाना पाटेकर छन्। साथै फिल्ममा अभिनेता उत्कर्ष शर्मा पनि हुन सक्ने उनले बताएका छन्।