बलिउडमा १ समय अमिताभ बच्चन सर्वाधिक पारिश्रमिक बुझ्दथे। समकालिन हिरोहरूको पारिश्रमिक लाखको अंकमा हुँदा भने उनको करोडमा थिए। उनी करोड पारिश्रमिक थाप्ने एक्ला अभिनेता थिए।
अमिताभको यो हैसियतको बारेमा धेरैजसो जानकार छन् तर अभिनेत्रीका रूपमा यो अंकमा पारिश्रमिक बुझ्ने पहिलो अभिनेत्रीका बारेमा निक्के थोरै जानकार छन्।
उनले लिने गरेको पारिश्रमिक त्यो समयमा जिब्रो टोक्ने किसिमकै थियो। कारण हिरोइनहरूले त्यो समयमा निक्कै कम पारिश्रमिक बुझ्दथे।
ती अभिनेत्री हुन् श्रीदेवी। बलिउडमा हिरोइन भन्दा हिरोले बढि पारिश्रमिक बुझ्ने समयमा 'हिम्मतवाला'बाट पहिलोपल्ट सफलताको झण्डा गाडेपछि उनी ८० तथा ९० को दशकमा डिमान्डेड हिरोइन थिइन्। निर्माता तथा निर्देशक फिल्ममा श्रीदेवी हुनुलाई फिल्म सफलताको पहिलो कडी मान्थे।
यसै कारणले गर्दा उनले १ करोड पारिश्रमिक सहजै पाइन्, लिन थालिन्।
उनीसँग हिरोहरूसमेत काम गर्न डराउँथे। यसका उदाहरण हुन् सलमान खान। सलमानले यसको बारेमा स्वयंम बताएका छन्। त्यो समयमा जुन फिल्ममा उनी हुन्थिन त्यो फिल्मका अन्य कलाकारको उनलाई जस्तो हैसियत दर्शकले दिदैनथे।
https://www.youtube.com/watch?v=X5_0v5BgYYI