मह सञ्चारको प्रस्तुतीमा बन्ने चलचित्र 'सत्रु गते' को सोमबार शुभ मुर्हत गरि छायांकन प्रारम्भ भएको छ।
हास्य कलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले असोजमा फिल्म ‘सत्रु गते’ निर्माण गर्ने घोषणा गरेका थिए।
कलाकार हरिवंश आचार्यले आफ्नो फेसबुक पेजमा एक तस्वीर सार्वजनिक गर्दै फिल्म 'सत्रु गते' को शुभ मुर्हत भएको जानकारी दिएका छन्।
उनले 'हामी फेरी आउँदै छौं दर्शकको माझ' भन्ने क्याप्सन सहित फिल्मका कलाकारको जानकारी दिएका छन्।
फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, शिवहरि पौड्याल, पल शाह, प्रियंका कार्की, आचल शर्मा, बसुन्धरा भुषाल, किरण केसी, राजाराम पौड्याल, अञ्जु महर्जन, राजु भुजु, रवि शर्मा, मोहितवंश आचार्य र नरेन्द्र कंसाकारको अभिनय रहेको छ।
फिल्मलाई प्रदीप भट्टराईले निर्देशन गर्नेछन्। किरण केसीको प्रस्तुतिमा बन्न लागेको फिल्मलाई रमिला आचार्य, यशोदा सुवेदी, नरेन्द्र कंसाकार, दीपकराज गिरी, दीपाश्री निरौला, शिवहरि पौडेलले संयुक्त रुपमा चलचित्र निर्माण गर्नेछन्।
फिल्मको कथा हरिवंश आचार्यले लेखेका छन् भने पटकथा आचार्य र प्रदीप भट्टराईले संयुत्त रुपमा लेखेका छन्। यसअघि प्रदिपले फिल्म ‘जात्रा’ निर्देशन गरेका छन्। जुन फिल्मले राम्रो प्रतिक्रिया पाउनुको साथै राम्रो व्यापार गरेको थियो।
फिल्ममा संगीत राजनराज सिवाकोटीले भर्नेछन् भने कोरियोग्राफी कविराज गहतराजले गर्नेछन्। फिल्मको छायाँकार दीर्घ गुरुङ रहेका छन्।