कमेडी जनरामा बन्ने फिल्म ‘अमेरिका बोइज’को औपचारिक घोषणा भएको छ।
आइतबार राजधानीमा एक कार्यक्रमकाबीच फिल्मको औपचारिक घोषणा गरिएको हो। फिल्मको निर्देशन प्रवेश पौडेलले गर्नेछन्। उनी यस अघि केहि फिल्ममा सह निर्देशकको रुपमा कार्य गरेका थिए।
फिल्मको छायांकन तिहारको लगत्तै सुरु हुने निर्माण पक्षले जनाएको छ। फिल्ममा अर्पण थापा, सुनिल थापा, हरिहर शर्मा, सन्दिप क्षेत्री, कामेश्वर चौरासिया, श्रृष्टी कार्की लगायतका कलाकारहरुको अभिनय रहने छ।
प्रकाश भुजेल र अनुप थापा कार्यकारी निर्माता रहेको फिल्मको लागत दुई करोड रुपैयाँ रहने बताइएको छ। इन्द्र प्रसाद खरेल र डम्बर चन्द फिल्मका निर्माता हुन्। चलचित्रको कथा विवेक पाण्डेले लेखेका हुन्। फिल्मको नाम ‘अमेरिका बोइज' भएपनि नेपालीहरुले देख्दै र भोग्दै आएको कथामा चलचित्र बन्न लागेको निर्दशकले कार्यक्रममा बताए।
फिल्ममा अलोक सुक्लाको छायांकन, दीपक आरजे र जयन जे वाइवाको संगीत,सुनिल क्षेत्रिको कोरियोग्राफी रहने छ।
निर्माण युनिटका अनुसार फिल्म आगामी बैशाख १४ गतेबाट देशव्यापी रुपमा प्रदर्शनमा आउने छ।