ईरा प्रोडक्सनको ब्यानरमा कमला जोशी निर्माता रहेको फिल्म 'चिठ्ठी' को ट्रेलर सार्वजनिक गरिएको छ।
सार्वजनिक ट्रेलरमा हरर, कमेडी र थ्रिलरको समिश्रण छ।
माधवराज खरेलको लेखन तथा निर्देशन रहेको यो फिल्ममा खड्ग बहादुर पुन 'खबपु', संजीत भण्डारी, गोपाल ढकाल ‘छन्दे’, नबराज थापा, मुस्कान तामाङ, कञ्चन चालिसेलगायत कलाकारहरूले अभिनय गरेका छन्।
फिल्ममा सामाजिक सन्देशलाई मनोरञ्जनसँगै पस्कने प्रयास गरिएको निर्माण पक्षले जनाएको छ।
'चिठ्ठी' भदौ २० गतेदेखि देशव्यापी प्रदर्शनमा आउने तयारीमा छ।